Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चेन अफ कमाण्ड कि ‘सेटिङ’को शासन ? मधेश प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रश्न !

चेन अफ कमाण्ड कुनै सुरक्षा संगठनको औपचारिक नियम मात्र होइन, त्यो उसको आत्मा हो । जब आत्मा नै कमजोर हुन्छ, तब संगठनभित्र अनुशासन होइन, ‘सेटिङ’को संस्कृति हावी हुन थाल्छ । त्यसैले मधेश प्रहरीका लागि अहिले सबैभन्दा ठूलो परीक्षा तस्करी नियन्त्रण मात्र होइन, आफ्नै विश्वसनीयताको पुनःस्थापना हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
असार १४, २०८३
चेन अफ कमाण्ड कि ‘सेटिङ’को शासन ? मधेश प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रश्न !

प्रहरी संगठन कुनैपनि लोकतान्त्रिक राज्यको सबैभन्दा अनुशासित र जिम्मेवार सुरक्षा निकाय मानिन्छ । यसको आधार नै ‘चेन अफ कमाण्ड’ हो, जहाँ आदेश, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुन्छ । तर, यही आधारस्तम्भ कमजोर हुन थालेपछि संगठनभित्र अनुशासन मात्र होइन, जनविश्वाससमेत डगमगाउन थाल्छ । पछिल्लो समय मधेश प्रदेश प्रहरीमाथि उठिरहेका प्रश्नहरूले यही यथार्थलाई उजागर गरिरहेका छन् । सीमावर्ती क्षेत्रमा वर्षौंदेखि तस्करी मौलाउँदै गएको गुनासो नयाँ होइन । तर, यसपटक तस्करीसँगै घुमुवा प्रहरी, आर्थिक लेनदेन, कथित ‘सेटिङ’, नेतृत्व तहबीचको असमझदारी र चेन अफ कमाण्ड कमजोर भएको चर्चा एकैसाथ सतहमा आउनुले प्रहरी संगठनको संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रहरीविरुद्ध आरोप लाग्नु आफैंमा अस्वाभाविक होइन । कुनैपनि संगठनमा व्यक्तिगत कमजोरी वा अनुशासनहीनता देखिन सक्छ । तर, जब त्यस्ता आरोपहरू बारम्बार दोहोरिन्छन्, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म सार्वजनिक बहसको विषय बन्छन् र संगठनभित्रकै स्रोतहरूबाट समेत समान प्रकृतिका गुनासो बाहिर आउँछन्, त्यसलाई सामान्य घटनाका रूपमा टार्न सकिँदैन । विशेषगरी सीमावर्ती क्षेत्रमा हुने तस्करीमा केही प्रहरी कर्मचारीको संरक्षण रहेको, घुमुवा प्रहरीको नाममा आर्थिक असुली हुने गरेको तथा माथिल्लो तहसम्म रकम पुग्ने गरेको दाबी सार्वजनिक अडियोमार्फत चर्चामा आयो । यस्ता आरोप सत्य हुन् वा होइनन् भन्ने निष्कर्ष अनुसन्धानले मात्रै दिन सक्छ । तर, यस्ता गम्भीर आरोप सार्वजनिक भएपछि पहिलो आवश्यकता निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हो । दुर्भाग्यवश, सार्वजनिक चासोको विषय बनेको घटनामा छानबिनको गति र त्यसको पारदर्शितामाथि नै प्रश्न उठ्न थालेको छ ।

अडियो सार्वजनिक भएपछि तत्काल अनुसन्धानको निष्कर्ष नआउँदै एक प्रहरी अधिकृतलाई निलम्बनका लागि सिफारिस गरिनु र त्यसपछि उच्चस्तरीय छानबिन समिति गठन भएपनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरिनुले संगठनको पारदर्शिताप्रति आशंका बढाएको छ । छानबिन समितिको उद्देश्य दोषी पत्ता लगाउनु मात्र होइन, निर्दोषलाई समेत न्याय दिनु हो । त्यसैले प्रतिवेदन लुकाएर राख्ने प्रवृत्तिले शंका झन् गहिरो बनाउँछ । अर्कोतर्फ, प्रहरी नेतृत्व तहबीच नै समन्वय अभाव देखिएको चर्चा पनि त्यत्तिकै गम्भीर छ । यदि प्रदेश नेतृत्वले जिल्ला प्रमुखलाई बेवास्ता गर्दै प्रत्यक्ष रूपमा मातहतका युनिटलाई निर्देशन दिने अवस्था सिर्जना भएको हो भने त्यो चेन अफ कमाण्ड कमजोर भएको संकेत हो । सुरक्षा संगठनमा आदेशको स्पष्ट संरचना भत्किँदा त्यसको असर केवल कार्यालयभित्र सीमित रहँदैन, त्यसले अपराध नियन्त्रणदेखि जनसेवासम्म प्रत्यक्ष प्रभाव पार्छ ।

अझ चिन्ताजनक पक्ष भनेको विभागीय कारबाहीको तथ्यांक हो । एक आर्थिक वर्षमा सयौं प्रहरी कर्मचारी कारबाहीमा पर्नु र अर्को वर्ष पनि त्यही प्रवृत्ति दोहोरिनुले संगठनभित्र अनुशासनसम्बन्धी समस्या व्यक्तिगत नभई संस्थागत बन्दै गएको संकेत गर्छ । अनुशासनमा गर्व गर्ने संगठनका लागि यो सामान्य तथ्य होइन । यसबीच एउटा पक्षलाई भने बिर्सनु हुँदैन । नेपाल प्रहरीभित्र हजारौं इमानदार, कर्तव्यनिष्ठ र जोखिम मोलेर काम गर्ने प्रहरी कर्मचारी पनि छन् । केही व्यक्तिमाथि लागेका आरोपका आधारमा सम्पूर्ण संगठनलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन । तर, केही व्यक्तिको गलत आचरणमाथि समयमै कारबाही नगर्दा त्यसको नकारात्मक असर इमानदार प्रहरी कर्मचारीमाथि समेत पर्छ । अन्ततः बदनाम हुने संस्था नै हो ।

प्रहरी संगठनले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती अपराधी होइन, जनविश्वासको संकट हो । जनताले प्रहरीलाई निष्पक्ष, कानुनको पालना गराउने र कुनै प्रभावमा नपर्ने संस्थाका रूपमा हेर्न चाहन्छन् । तर, यदि प्रहरीमाथि नै तस्करीको संरक्षण, आर्थिक चलखेल र आन्तरिक गुटबन्दीका आरोप लाग्न थाले भने नागरिकको विश्वास स्वतः कमजोर हुन्छ । अब आवश्यक कुरा आरोपको प्रतिवाद गर्नु मात्र होइन, प्रमाणका आधारमा सत्य सार्वजनिक गर्नु हो । गठन गरिएको छानबिन समितिको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिनुपर्छ । दोषी देखिएका जोसुकै प्रहरी कर्मचारी वा अधिकारीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ, र आरोप पुष्टि नभएका व्यक्तिलाई पनि न्याय दिनुपर्छ । यही नै संस्थागत निष्पक्षता हो ।

मधेश प्रदेश प्रहरी अहिले एउटा निर्णायक मोडमा उभिएको छ । यो अवसरलाई संगठनभित्र सुधार, अनुशासन सुदृढीकरण र पारदर्शिता स्थापित गर्ने दिशामा उपयोग गर्न सकियो भने प्रहरीप्रतिको जनविश्वास पुनः स्थापित हुन सक्छ । तर, आरोपलाई ढाकछोप गर्ने, छानबिनलाई लम्ब्याउने वा प्रभावका आधारमा निर्णय गर्ने प्रवृत्ति दोहोरियो भने यसले मधेश प्रहरी मात्र होइन, समग्र नेपाल प्रहरीको साखमा दीर्घकालीन क्षति पुर्‍याउनेछ ।

Tags: एकपछि अर्को एसपी किन हट्दैछन् ? मधेश प्रहरीभित्रको विवाद सतहमामधेश प्रहरीमा ‘घुमुवा शासन’ जबर्जस्ती असुली र सरुवाको आतंक !
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि