Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

हात्तीको आक्रमणबाट बिगा चौधरी, दिलिप गौरो, सञ्जय चौधरीलगायतका किसानको करिब दुई कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भइसकेको छ । त्यस्तै किसान बिनोद यादवले रोपाइँका लागि तयार पारेको असारे धानको बेर्नासमेत हात्तीले सखाप पारेको स्थानीयले बताएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

वीरगंज (पर्सा), १० असार । पर्साको ठोरी गाउँपालिका–३ स्थित शिकारीबासमा जंगली हात्तीको बथानले पाँच दिनदेखि निरन्तर आतंक मच्चाएपछि स्थानीय किसान समस्यामा परेका छन् । भित्र्याउने तयारीमा रहेको चैते धानबाली हात्तीले नष्ट गर्न थालेपछि किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ । स्थानीयका अनुसार राति ९ देखि १२ वटासम्मको हात्तीको समूह गाउँ नजिकका खेतमा पस्ने गरेको छ ।

किसान बमभोला महतो थारुले केही दिनयता हात्तीले पाकेको धानबालीमा व्यापक क्षति पुर्‍याइरहेको बताए । उनका अनुसार काट्ने तयारीमा पुगेको धान केही क्षणमै नष्ट हुँदा किसान निराश बनेका छन् । हात्तीको आक्रमणबाट बिगा चौधरी, दिलिप गौरो, सञ्जय चौधरीलगायतका किसानको करिब दुई कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भइसकेको छ । त्यस्तै किसान बिनोद यादवले रोपाइँका लागि तयार पारेको असारे धानको बेर्नासमेत हात्तीले सखाप पारेको स्थानीयले बताएका छन् ।

वन्यजन्तुका कारण खेतीपाती जोगाउन हरेक वर्ष संघर्ष गर्नुपरेको किसान दुखा महतोको गुनासो छ । उनका अनुसार धान पाक्ने समयमा हात्तीको समस्या दोहोरिने गरेको छ भने अन्य मौसममा बदेल, चित्तल र बाँदरले खेतीमा क्षति पुर्‍याउने गरेका छन् । यसले किसानले उत्पादन गरेको बालीको ठूलो हिस्सा नष्ट हुने गरेको उनी बताउँछन् ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा रहेको शिकारीबासका ५२ घरधुरीको मुख्य जीविकोपार्जन खेतीपाती हो । तर वन्यजन्तुको नियमित प्रवेशका कारण कृषि उत्पादनमा वर्षेनि ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयको भनाइ छ । भौगोलिक रूपमा दुर्गम रहेको यो बस्ती वीरगंज–ठोरी हुलाकी सडकबाट करिब सात किलोमिटर जंगल पार गरेपछि मात्र पुगिन्छ । गाउँमा सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाको अभाव रहेको स्थानीय बताउँछन् ।

शिकारीबास खोलामार्फत गाउँसम्म पुग्नुपर्ने भएकाले वर्षायाममा आवतजावत झन् कठिन बन्ने गरेको छ । गाउँमा कक्षा ५ सम्म मात्र अध्ययनको व्यवस्था भएकाले उच्च कक्षामा पढ्न विद्यार्थीले दैनिक करिब २४ किलोमिटर साइकल यात्रा गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकी भए पनि पर्याप्त जनशक्ति र औषधि अभावका कारण सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

स्थानीय बासिन्दाले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, बाली संरक्षण तथा पीडित किसानलाई राहत उपलब्ध गराउने प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Tags: जंगली हात्तीको आतंक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि