Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

विद्यालय परिसरमा आयोजित विशेष समारोहमा ४.० जीपीए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई ल्यापटप, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

वीरगंज (पर्सा), २७ जेठ । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा योगदानकर्ता शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहमा ४.० जीपीए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई ल्यापटप, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीहरूमा मेहविश हुमायूँ, प्रथम पटेल, सिद्धान्त गुप्ता, आकृति राय, बुद्धिप्रिया पाण्डेय र अलिना जैसवाल रहेका छन् । विद्यालयले उनीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिको उच्च मूल्यांकन गर्दै प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गरेको जनाएको छ । त्यसैगरी, एसईई परीक्षामा विद्यालयलाई उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयगत शिक्षक तथा शिक्षिकाहरूलाई पनि नगद पुरस्कार, सम्मानपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक रमीन्द्र कौरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी थिए भने मानव सेवा आश्रमका संस्थापक तथा समाजसेवी देवेश मानव विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले उत्कृष्ट विद्यार्थीहरूको सम्मानमार्फत विद्यालयले शिक्षा क्षेत्रमा अनुकरणीय अभ्यास स्थापित गरेको बताए । उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विशिष्ट अतिथि देवेश मानवले शिक्षा व्यक्तित्व निर्माण र सामाजिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । उनले अनुशासन, निरन्तर परिश्रम र मानवीय मूल्यलाई आत्मसात् गर्दै जीवनमा अघि बढ्न विद्यार्थीहरूलाई सुझाव दिए ।

कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट गभर्नर रामविहारी पाण्डे, समाजसेवी नुतन पोखरेल सरावगी, लायन्स क्लब सेन्ट्रल सिटीकी क्याबिनेट अफिसर गुडी जोशी, विद्यालयका निर्देशक शिव गुप्ता, सामाजिक अभियन्ता दिलीपराज कार्की, गुरुद्वारा सत्संगका उपाध्यक्ष अजित पाल सिंह, सामाजिक कार्यकर्ता पवनदीप कौर, यात्राडेलीका निर्देशक राम सराफ तथा क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले विद्यार्थी र शिक्षक दुवैको योगदानलाई सम्मान गर्ने विद्यालयको संस्कार प्रशंसनीय रहेको बताउँदै यसले शैक्षिक उत्कृष्टताको वातावरण निर्माण गर्न मद्दत पुग्ने धारणा राखे । उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप मेहनत गर्न र उच्च उपलब्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने बताए । समारोहमा कक्षा १० का विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयका फाउन्डर जगप्रित सिंहको विशेष पहल र व्यवस्थापनमा सम्पन्न कार्यक्रम भव्य, व्यवस्थित तथा प्रेरणादायी बनेको सहभागीहरूले बताएका छन् ।

Tags: जीएचपी माध्यमिक विद्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

साउन ८, २०८३
जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि