Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण, प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा पण्डितलाई पक्राउ गरिएको बताइन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २२, २०८३
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

बिर्तामोड (झापा), २२ जेठ । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा तथा हाल दमक–५ मा बस्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिए ।

झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण, प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा पण्डितलाई पक्राउ गरिएको बताइन् । प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडान गर्ने मिस्त्रीको काम गर्दै आएका थिए । मृतक तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको तथा उनीहरूबीच नियमित भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनाको राति पनि दुवै जनासँगै रहेको प्रमाण फेला परेको एसपी खड्काले बताइन् । प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेन भएको पाइएको तथा बैंकबाट पैसा झिकी कारोबारसमेत भएको देखिएको, तत्पश्चात उनीहरूबीच विवाद भएको र त्यस क्रममा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

हत्यापछि घटनालाई लुकाउने उद्देश्यले आरोपितले शवलाई बोरामा पोको पारी मोटरसाइकलमार्फत दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो ।

एसपी खड्काले घटनामा प्रयोग भएका सामग्री तथा अन्य प्रमाणहरूसमेत सङ्कलन गरिएको जानकारी दिँदै अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रियाको लागि जिल्ला अदालत झापावाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिइन् । रासस

Tags: रमा तिवारी हत्या प्रकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुकुम्बासी महिलाको घर निर्माणमा जुटे सांसद शाक्य

सुकुम्बासी महिलाको घर निर्माणमा जुटे सांसद शाक्य

जेष्ठ २२, २०८३
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

जेष्ठ २२, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासङ्घको आन्दोलन थप सशक्त

जेष्ठ २२, २०८३
रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

जेष्ठ २२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि