Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

राम्रो आम्दानी र सुरक्षित भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका पुरुष, महिला तथा बालबालिकासहित १६ जना नेपाली नागरिक हरियाणाको एक कुखुरा फार्ममा असुरक्षित अवस्थामा रहेको जनाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २२, २०८३
रोजगारीका लागि हरियाणा पुगेका महोत्तरीका १६ नेपाली बन्धक, परिवारजन चिन्तित

गौशाला (महोत्तरी), २२ जेठ । रोजगारीका लागि भारतको हरियाणा पुगेका महोत्तरीको बर्दिबास नगरपालिकाका १६ जना नेपाली बन्धक बनाइएको खबर बाहिरिएपछि परिवारजन चिन्तित बनेका छन् । राम्रो आम्दानी र सुरक्षित भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका पुरुष, महिला तथा बालबालिकासहित १६ जना नेपाली नागरिक हरियाणाको एक कुखुरा फार्ममा असुरक्षित अवस्थामा रहेको जनाइएको छ ।

स्थानीयका अनुसार उनीहरूलाई गत चैत १३ गते आकर्षक तलब र सुविधा दिलाइदिने आश्वासन दिँदै भारतको हरियाणा राज्य अन्तर्गत झज्जर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा कामका लागि लगिएको थियो । मुसहर बस्तीका मञ्जय सदाका अनुसार आर्थिक अभावका कारण रोजगारीको खोजीमा भारत गएकाहरू अहिले असुरक्षित अवस्थामा छन् । उनीहरूसँग नियमित सम्पर्कसमेत हुन नसकेको उनले बताए ।

पीडितमध्येकी किरण सदाले फोनमार्फत आफूहरूलाई काममा लगाइए पनि पारिश्रमिक नदिइएको, विभिन्न बहानामा नियन्त्रणमा राखिएको तथा मानसिक र शारीरिक दुर्व्यवहार गरिएको जानकारी दिएपछि मात्रै परिवारजनले उनीहरू बन्धक बनाइएको थाहा पाएका थिए ।

यस्तै, अर्का स्थानीय कारी सदाले कुखुरा फार्ममा कामका लागि लगिए पनि अन्य विभिन्न काममा लगाउने गरिएको र तलबसमेत नदिएको बताए । उनका अनुसार त्यहाँ रहेका नेपालीहरूलाई अनावश्यक शारीरिक तथा मानसिक यातना दिने गरिएको छ । पीडित परिवारले खोजतलास, उद्धार तथा दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमार्फत नयाँदिल्लीस्थित नेपाली दूतावासमा निवेदन पठाएका छन् । त्यसपछि उनीहरूको खोजतलास सुरु गरिएको जनाइएको छ ।

यता भारतस्थित नेपाली दूतावासले समेत पीडितहरूको उद्धार प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ ।

Tags: महोत्तरीका १६ नेपाली बन्धक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि