Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बङ्गलादेशको चिडियाखानामा ‘ट्रम्प’ भैँसी

सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २२, २०८३
बङ्गलादेशको चिडियाखानामा ‘ट्रम्प’ भैँसी

ढाका, २२ जेठ (रासस/एपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ । सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको छ । सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखानातर्फ आकर्षित भइरहेका छन् ।

यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल–अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो । तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न आदेश दिएको थियो । त्यहाँ अहिले अत्यधिक गर्मीका बीच पनि ठूलो भीडले अवलोकन गरिरहेको छ । चिडियाखानामा मङ्गलबार आगन्तुकहरूको भीड बाक्लिएको देखिएको थियो । मानिसहरूले भैँसी रहेको खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका थिए । केही अभिभावकहरूले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर देखाइरहेका दृश्य पनि देखिन्थे ।

चिडियाखानाका कर्मचारीहरूले जनावरको हेरचाह गर्दै कपाल कोर्ने, पानी हालेर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास गरिरहेका छन् । आगन्तुकहरूका अनुसार यसले भैँसीलाई थप विशेष व्यवहार गरिएको अनुभूति दिएको छ । ढाकाका विद्यार्थी मोहम्मद नासिमले उक्त भैँसीको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गर्नुभयो । उहाँले यसले सामाजिक सञ्जालमा भाइरल भएपछि विशेष ध्यान र व्यवहार पाएको बताउनुभयो । तर यस नामकरणबारे सबैको समान प्रतिक्रिया छैन । केही आगन्तुकहरूले जनावरलाई विश्व नेतासँग जोडेर नाम राख्नु अनुचित भएको टिप्पणी गरेका छन् । ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै किसानले गलत निर्णय गरेको धारणा राख्नुभयो ।

स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ । यसै घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । भैँसीको भविष्य पनि इद अल–अधाको सन्दर्भमा फेरिएको देखिन्छ । सुरुमा बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो । गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । यस विषयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ ।

दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामक भैँसीलाई बलिदान गरिने चर्चा देखेपछि त्यसपछि चिडियाखानामा राखिएको खबर सुनेर हेर्न आएको बताउनुभयो । चिडियाखानामा अहिले यो भैँसी दुर्लभ जनावरका रूपमा सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्रविन्दु बनेर बङ्गलादेशभरि विशेष आकर्षणको रूपमा स्थापित भएको छ ।

Tags: ‘डोनाल्ड ट्रम्प’ दुर्लभ एल्बिनो भैँसी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बङ्गलादेशको चिडियाखानामा ‘ट्रम्प’ भैँसी

बङ्गलादेशको चिडियाखानामा ‘ट्रम्प’ भैँसी

जेष्ठ २२, २०८३
सेवाग्राहीको राहदानी हुलाकमार्फत घरघरमै पुर्‍याउने अभियान सुरु

सेवाग्राहीको राहदानी हुलाकमार्फत घरघरमै पुर्‍याउने अभियान सुरु

जेष्ठ २१, २०८३
बर्दिवास नगरपालिकाका १६ जना कामदार भारतमा बन्धक

बर्दिवास नगरपालिकाका १६ जना कामदार भारतमा बन्धक

जेष्ठ २१, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

जेष्ठ २१, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि