Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपचारको बहानामा कैदीलाई होटलमा ‘विशेष सुविधा’, प्रहरीमाथि बर्खास्ती सिफारिस

ठगी मुद्दामा सजाय भोगिरहेका कैदी अनुप भण्डारीलाई ढाडको उपचार गराउने भन्दै केन्द्रीय कारागार सुन्धारा तथा जगन्नाथदेवबाट बाहिर लगिएको थियो । अस्पताल पुर्‍याउनुपर्ने कैदीलाई सामाखुसीस्थित दीप सागर गेस्ट हाउसमा लगिएको छानबिनबाट खुलेको छ । गेस्ट हाउसको कोठा नम्बर ५०२ मा भण्डारीले मासु र बियर सेवन गरेका थिए भने एक महिलासँग करिब तीन घण्टा बिताएका थिए।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २१, २०८३
उपचारको बहानामा कैदीलाई होटलमा ‘विशेष सुविधा’, प्रहरीमाथि बर्खास्ती सिफारिस

काठमाडौं, २१ जेठ । उपचारका लागि अस्पताल लैजाने नाममा एक कैदीलाई कारागारबाट बाहिर निकालेर होटलमा लगिएको, त्यहाँ मासु र बियर सेवन गर्न दिइएको तथा एक युवतीसँग समय बिताउन अवसर प्रदान गरिएको घटना सार्वजनिक भएको छ । प्रारम्भिक छानबिनले उक्त कार्य प्रहरीकै संरक्षण र संलग्नतामा भएको देखाएको छ । घटना गत जेठ १ गतेको हो । ठगी मुद्दामा सजाय भोगिरहेका कैदी अनुप भण्डारीलाई ढाडको उपचार गराउने भन्दै केन्द्रीय कारागार सुन्धारा तथा जगन्नाथदेवबाट बाहिर लगिएको थियो । कारागार प्रशासनको सिफारिसपछि उनलाई उपचारका लागि लैजान नेपाल प्रहरीको अनाश्रित गुल्म जगन्नाथदेवबाट प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक खटिएका थिए ।

तर अस्पताल पुर्‍याउनुपर्ने कैदीलाई सामाखुसीस्थित दीप सागर गेस्ट हाउसमा लगिएको छानबिनबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार गेस्ट हाउसको कोठा नम्बर ५०२ मा भण्डारीले मासु र बियर सेवन गरेका थिए भने एक महिलासँग करिब तीन घण्टा बिताएका थिए । उक्त अवधिमा सुरक्षामा खटिएका दुवै प्रहरी कर्मचारी पनि नजिकै उपस्थित रहेको बताइएको छ । घटनाबारे सूचना बाहिरिएपछि प्रहरी संगठनले आन्तरिक अनुसन्धान सुरु गरेको थियो । प्रहरी उपरीक्षक नरहरि रेग्मी नेतृत्वको टोलीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बुझाइसकेको स्रोतको दाबी छ ।

अनुसन्धानका क्रममा गेस्ट हाउसका व्यवस्थापक किसान गुरुङले पनि कैदी भण्डारी त्यहाँ बसेको पुष्टि गरेका छन् । प्रतिवेदनअनुसार दिउँसो करिब १ः४५ बजेदेखि उनी गेस्ट हाउसमा रहेका थिए । अनुसन्धानले सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूले कैदीको हतकडीसमेत खोलेको देखाएको छ ।

कैदी भण्डारीले समेत होटलमा लगिएको घटना स्वीकार गरेका छन् । उनको भनाइ उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुरुमा अस्पताल लगिएको भए पनि चिकित्सक आउन समय लाग्ने जानकारीपछि आफूलाई गेस्ट हाउस पुर्‍याइएको थियो । त्यहाँ मादक पदार्थ सेवन गर्न दिइएको र एक महिलासँग बस्न पाइएको तथ्य उनले स्वीकार गरेका छन् । घटनाको छानबिन सकिएपनि सम्बन्धित निकायले औपचारिक रूपमा सार्वजनिक जानकारी भने दिएको छैन । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि छानबिन समितिले सुरक्षामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै संलग्न प्रहरी कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा कैदीबन्दीको सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीमा खटिएका कर्मचारीले प्रहरी आचरणविपरीत गैरजिम्मेवार र अनुशासनहीन व्यवहार गरेको उल्लेख गरिएको छ । यस्ता कर्मचारीलाई संगठनमा राखिराख्दा संस्थाको विश्वसनीयतामै असर पुग्ने निष्कर्ष प्रतिवेदनमा छ । बर्खास्ती सिफारिसमा परेका प्रहरी कर्मचारीहरूले पनि कैदीलाई होटल लगिएको तथा त्यहाँ विशेष सुविधा दिइएको तथ्य अस्वीकार नगरेको स्रोतले जनाएको छ ।

यस घटनाले केन्द्रीय कारागारको सुरक्षा व्यवस्थामाथि थप प्रश्न खडा गरेको छ । सुन्धारा कारागारको सुरक्षा कमान्ड डीएसपी शैलेश न्यौपानेको नेतृत्वमा रहेको छ । यसअघि यही कारागारबाट जन्मकैद सजाय भोगिरहेकी सपना तामाङ फरार भएको घटना सार्वजनिक भएको थियो भने त्यसअघि महिला बन्दीगृहभित्र झडपसमेत भएको थियो । एक महिनाभित्र कारागारसँग सम्बन्धित लगातार तीन गम्भीर घटना सार्वजनिक भएपछि सुरक्षा संयन्त्रको प्रभावकारिता र निगरानी प्रणालीमाथि प्रश्न उठ्न थालेको छ । कारागारभित्रको अनुशासन, सुरक्षाकर्मीको जिम्मेवारी र कैदी व्यवस्थापन प्रणालीबारे गम्भीर समीक्षा आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

Tags: कारागारबाट होटलसम्म: प्रहरीकै संरक्षणमा कैदीको मौजमस्ती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

अशोज १२, २०८३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

अशोज ११, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

अशोज ११, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि