Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आगामी आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा समेत पुल निर्माणका लागि स्पष्ट रूपमा रकम विनियोजन नभएपछि स्थानीय तहमा निराशा र आक्रोश थप बढेको हो । करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता तथा प्राकृतिक विपत्तिका कारण आयोजना लामो समयदेखि अलपत्र अवस्थामा छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

सिरहा, २० जेठ । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुल वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषाका बासिन्दामा सरकारप्रति असन्तोष चुलिएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा समेत पुल निर्माणका लागि स्पष्ट रूपमा रकम विनियोजन नभएपछि स्थानीय तहमा निराशा र आक्रोश थप बढेको हो । करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता तथा प्राकृतिक विपत्तिका कारण आयोजना लामो समयदेखि अलपत्र अवस्थामा छ । पछिल्ला वर्षमा आएको बाढीले संरचनामा क्षति पुर्‍याएपछि निर्माण कार्य झन् सुस्त बनेको छ । हाल सीमित मर्मत र अस्थायी व्यवस्थामार्फत मात्रै आवतजावत सञ्चालन भइरहेको छ ।

स्थानीयवासी रामबाबु साहका अनुसार पुल सञ्चालनमा आएको भए सिरहाबाट धनुषा पुग्न करिब ३० मिनेट लाग्थ्यो । तर अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा दुईदेखि तीन घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता छ । डाइभर्सन बाढीले बगाएपछि आवागमन अझ कठिन बनेको उनको भनाइ छ । बाढीका बेला दुर्घटनाको जोखिम उच्च रहने र विगतमा सवारीसाधन तथा यात्रु नदीमा फस्ने घटनासमेत भएको उनले बताए । स्थानीयका अनुसार हरेक निर्वाचनमा नेताहरूले कमला पुल निर्माणको प्रतिबद्धता जनाएपनि व्यवहारमा कुनै प्रगति देखिएको छैन । सिरहा नगरपालिका–५ का जुगेश्वर झाखरेलले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पटक–पटक स्थलगत निरीक्षण गरे पनि पुल निर्माणले गति लिन नसकेको आरोप लगाए । २०७४ यता भएका उच्चस्तरीय अनुगमन र भ्रमण पनि आश्वासनमै सीमित भएको उनको भनाइ छ ।

वि.सं. २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपैयाँ लागतमा ४६९.२ मिटर लामो पुल निर्माणको ठेक्का पाएको थियो । तर निर्धारित समयमै काम सम्पन्न हुन नसक्दा आयोजना अझै अधुरै छ । २०७८ सालको बाढीले संरचनामा थप क्षति पुर्‍याएपछि समस्या झन् जटिल बनेको थियो । नयाँ राजनीतिक नेतृत्वबाट स्थानीयले ठूलो अपेक्षा गरेका थिए । तर हालै सार्वजनिक बजेटमा पुल निर्माणबारे स्पष्ट व्यवस्था नदेखिएपछि उनीहरू निराश बनेका छन् । स्थानीयका अनुसार सरकारले हुलाकी सडकअन्तर्गत आठवटा पुल निर्माण गर्ने घोषणा गरे पनि कुन–कुन पुललाई प्राथमिकता दिइएको हो भन्ने खुलाइएको छैन । कमला पुललाई लक्षित गरी बजेट छुट्याइएको भए जनतामा आशा जाग्ने अवस्था रहने उनको भनाइ छ ।

पुल निर्माणको माग गर्दै स्थानीयहरू आन्दोलनमा समेत उत्रिएका छन् । जेठ १८ गते जनकपुरधामस्थित मधेश प्रदेशसभा अगाडि प्रदर्शन गर्दै उनीहरूले नयाँ कमला पुल निर्माण तत्काल सुरु गर्न माग गरेका थिए । प्रदर्शनकारीहरूले संघ र प्रदेश सरकार दुवैको भूमिकाप्रति प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजित यादवले प्रदेश सरकारले पनि पुल निर्माणलाई प्राथमिकतामा नराखे चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने चेतावनी दिएका छन् । ‘संघ सरकारले बेवास्ता गरिरहेको छ, प्रदेश सरकारले पनि आनाकानी गरे अब निर्णायक आन्दोलन हुन्छ,’ उनले भने ।

‘हुलाकी कमला संघर्ष समिति’का संयोजक इन्जिनियर प्रविण कुमार यादवका अनुसार पुल निर्माणको विषयमा प्रदेश सभामुख रामआशिष यादव, मुख्यमन्त्री कृष्णप्रसाद यादव तथा विभिन्न दलका सांसदलाई ज्ञापनपत्र बुझाएर आवश्यक पहलका लागि आग्रह गरिएको छ । यद्यपि केही सांसदहरूले हुलाकी मार्गअन्तर्गत छुट्याइएको बजेटभित्र कमला पुल समेटिएको दाबी सामाजिक सञ्जालमार्फत गरिरहेका छन् । स्थानीयवासीको निष्कर्ष स्पष्ट छ पुरानो संरचनाको सामान्य मर्मत दीर्घकालीन समाधान होइन । सिरहा र धनुषालाई सुरक्षित तथा सहज रूपमा जोड्ने नयाँ कमला पुल निर्माण अब तत्काल आवश्यक रहेको उनीहरूको जोड छ ।

Tags: कमला नदीको पुल वर्षौंदेखि अधुरैः बजेटमा यस वर्ष पनि परेन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि