Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

वीरगंज (पर्सा), १८ जेठ । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अनुसार मधेश प्रदेशमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पहिलो स्थानीय तहका रूपमा जगरनाथपुर गाउँपालिका अघि आएको हो । गाउँपालिका वडा नम्बर ५ मा रहेको कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले औपचारिक रूपमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आगामी वर्ष पनि शिक्षा, स्वास्थ्य र कृषिलाई विकासका मुख्य आधारका रूपमा प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहुलियत दरमा पालिका औषधि पसल सञ्चालन गरिने, औराहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गरिने तथा ‘खाल्डामुक्त पालिका अभियान’ अन्तर्गत सडक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनका अनुसार सामुदायिक स्वास्थ्य सेवा विस्तार, गरिब तथा दलित समुदायका बस्ती र टोलमा निःशुल्क ट्युसन कक्षा सञ्चालन, विद्यार्थी लक्षित अनलाइन कोचिङ कार्यक्रम, सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली लागू गर्ने योजना आगामी वर्ष पनि निरन्तरता पाउनेछ । साथै कृषकलाई ५० प्रतिशत अनुदानमा बीउबिजन उपलब्ध गराउने र सिँचाइका लागि मोटर वितरण कार्यक्रमलाई समेत निरन्तर सञ्चालन गरिनेछ । गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि प्रयोगशाला स्थापना गरिने तथा गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने योजना समावेश गरिएको बताइन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया, अयोध्या प्रसाद पटेलसहित गाउँसभा सदस्य तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक प्रभेन्द्र साहले गरेका थिए ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि