Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुशीनगरबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै स्वदेश फिर्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १६, २०८३
कुशीनगरबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै स्वदेश फिर्ता

बुटवल, १६ जेठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा विभिन्न प्रलोभनमा पारेर राखिएका ४५३ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । भारतीय प्रहरीको समन्वय र सहयोगमा नेपाल प्रहरीको टोलीले उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको हो । नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेको थियो । त्यहाँबाट उद्धार गरिएका नेपाली नागरिकलाई आठवटा बसमार्फत शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार उद्धार गरिएकामध्ये करिब आधाजति महिला रहेका छन् । हाल उनीहरूको पहिचान खुलाउने तथा व्यक्तिगत विवरण संकलन गर्ने काम भइरहेको उनले बताए । एसपी शाहीले रोजगारीलगायत विभिन्न आश्वासन र प्रलोभनमा पारेर नेपालीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्‍याइएको सूचना प्राप्त भएपछि उद्धार अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक विवरण संकलन र कानुनी प्रक्रिया पूरा गरेपछि सबैलाई सम्बन्धित घरपरिवारसम्म पठाइनेछ ।

प्रहरीले तथ्यांक संकलन तथा पहिचान प्रमाणीकरणका काम सम्पन्न गर्न केही समय लाग्ने जनाएको छ । साथै, ती नेपाली नागरिकहरूलाई भारतसम्म कसले र कुन उद्देश्यले पुर्‍यायो भन्ने विषय अझै खुल्न बाँकी रहेको र त्यसबारे विस्तृत अनुसन्धान अघि बढाइने एसपी शाहीले बताए । घटनाले नेपाली नागरिकलाई वैदेशिक रोजगारी तथा अन्य आकर्षक प्रस्तावको नाममा जोखिमपूर्ण अवस्थातर्फ लैजाने गिरोह सक्रिय हुन सक्ने संकेत गरेको भन्दै प्रहरीले यस प्रकरणलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।

Tags: नेपालीको उद्धार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि