Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जनकपुर (धनुषा), ५ जेठ । जसपा नेपालका संरक्षक महन्थ ठाकुरले मधेश क्षेत्रमा भइरहेको चुरे दोहन तथा बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबार बसेको बैठकमा धारणा राख्दै ठाकुरले विकासका नाममा योजना अघि बढाइए पनि व्यवहारमा अपेक्षित परिणाम नदेखिएको टिप्पणी गरे । उनले चुरे र भावर क्षेत्रमा भइरहेको अनियन्त्रित प्राकृतिक स्रोत दोहनका कारण मधेशमा गम्भीर वातावरणीय तथा मानवीय संकट बढ्दै गएको बताए ।

अत्यधिक उत्खननका कारण वर्षायाममा उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबानको समस्या झन् भयावह बन्दै गएको उनको भनाइ थियो । ठाकुरले महिनौँसम्म बस्ती डुबानमा पर्दासमेत राज्यका निकायले आवश्यक चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । वातावरणीय असन्तुलन र भौतिक विनाशका कारण कतिपय क्षेत्रमा विगतमा सञ्चालनमा रहेका विद्यालयसमेत बन्द हुने अवस्थामा पुगेको उनले उल्लेख गरे । बजेट विनियोजन र खर्च प्रक्रियामाथि प्रश्न उठाउँदै उनले विकासका लागि छुट्याइएको रकमको प्रभावकारी उपयोग हुन नसकेको आरोप लगाए । उनले भने, ‘हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने क्रम रोकिएको छैन । भावर क्षेत्रको अवस्था पनि उस्तै छ । बजेट जान्छ, तर त्यसको प्रतिफल देखिँदैन । आधा बजेट कहाँ हराउँछ भन्ने थाहा हुँदैन ।’

विगतका वर्षमा विनियोजित बजेट लक्षित वर्गसम्म पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी बजेट कार्यान्वयन परिणाममुखी हुनुपर्नेमा जोड दिए । उनका अनुसार विकास योजना कागजमै सीमित नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी लागू हुन आवश्यक छ । बैठकमा ठाकुरले सरकारलाई मधेशको संवेदनशील भूगोल र समस्यालाई गम्भीरतापूर्वक बुझेर विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षणसमेत गराए ।

Tags: जसपा संरक्षक महन्थ ठाकुर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि