Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हिंसात्मक तथा अभद्र अभिव्यक्ति समेटिएका टिकटक र रिल्समा हत्या आरोपी इर्साद खानसँगै देखिएको भन्दै सशस्त्र प्रहरी जवान ऋषि मण्डलमाथि अनुसन्धान सुरु गरिएको हो । घटनापछि उक्त भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल बनेसँगै जवान मण्डलको भूमिकामाथि प्रश्न उठेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुरधाम (धनुषा), २५ असोज । जनकपुरधाममा छुरा प्रहारबाट एक युवकको हत्या र अर्का युवक गम्भीर घाइते भएको घटनाका आरोपीसँग सामाजिक सञ्जालमा हिंसा प्रोत्साहन गर्ने भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरीका एक जवान पनि अनुसन्धानमा तानिएका छन् । हिंसात्मक तथा अभद्र अभिव्यक्ति समेटिएका टिकटक र रिल्समा हत्या आरोपी इर्साद खानसँगै देखिएको भन्दै सशस्त्र प्रहरी जवान ऋषि मण्डलमाथि अनुसन्धान सुरु गरिएको हो । घटनापछि उक्त भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल बनेसँगै जवान मण्डलको भूमिकामाथि प्रश्न उठेको छ ।

जनकपुरधाममा बिहीबार साँझ इर्सादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका–५ निवासी २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् । प्रहरी अनुसन्धानका क्रममा इर्साद स्थानीयस्तरमा ‘गुण्डा’ भनेर चिनिने गरेको विवरणसमेत सार्वजनिक भएको छ । उनी र सशस्त्र प्रहरी जवान मण्डलले केही महिनाअघि सँगै सामाजिक सञ्जालका लागि भिडियो बनाएको खुलेको छ ।

खुकुरी देखाउँदै धम्की, जवान मण्डल पनि भिडियोमा
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गालीगलौज र हिंसा गर्ने चेतावनी दिएको सुनिन्छ । उक्त भिडियोमा सशस्त्र प्रहरी जवान मण्डल पनि देखिएका छन् । उनको उपस्थितिलाई लिएर प्रहरी आचरणविपरीत व्यवहार भएको भन्दै प्रश्न उठाइएको छ ।

प्रहरी अनुसन्धानमा इर्सादले अर्को समुदायलाई लक्षित गरी हिंसा भड्काउने तथा सामाजिक सद्भाव बिगार्न सक्ने प्रकृतिका अन्य भिडियोसमेत बनाएको खुलेको बताइएको छ । यद्यपि, ती सामग्रीको वास्तविक सन्दर्भ र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।

आमिन साफीको हत्यापछि इर्सादसँग सम्बन्धित पुराना भिडियोहरू पुनः सामाजिक सञ्जालमा फैलिएका छन् । तीमध्ये सशस्त्र प्रहरी जवान मण्डलसमेत देखिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि पनि कारबाही गर्नुपर्ने माग उठेको हो ।

सशस्त्र प्रहरीद्वारा जवानमाथि सोधपुछ
सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टले जवान मण्डलमाथि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । उनका अनुसार घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरी कर्मचारीको आचरणविपरीत व्यवहार देखिएकाले जवानलाई तानेर सोधपुछ तथा अनुसन्धान अघि बढाइएको हो ।

‘जनकपुरमा छुरा प्रहारको घटना भएपछि जवान ऋषि मण्डलको पनि भिडियो भाइरल भइरहेको छ । त्यो भिडियोमा प्रहरीको आचरणविपरीत व्यवहार भएको देखिन्छ,’ डीआईजी भट्टले भने, ‘यसपछि पर्साबाट तानेर गणमा उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।’ डीआईजी भट्टका अनुसार यस विषयमा नेपाल प्रहरीसँग पनि समन्वय भइरहेको छ ।

हत्याको घटनामा संलग्न आरोपीसँगको सम्बन्ध, हिंसात्मक अभिव्यक्ति समेटिएको भिडियोमा जवानको भूमिका र प्रहरी संगठनको आचरणविपरीत गतिविधि भए–नभएको विषय अनुसन्धानको दायरामा छ । अनुसन्धानबाट दोष र संलग्नता पुष्टि भएमा सम्बन्धित कानुन तथा संगठनको नियमअनुसार कारबाही हुने अपेक्षा गरिएको छ ।

Tags: सशस्त्र प्रहरी बलका मधेश प्रदेश
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि