Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

दर्शकहरूका अनुसार स्टेजमा सांस्कृतिक प्रस्तुति दिनुपर्ने कलाकारले गीत तथा नृत्यभन्दा भाषण र विवादित अभिव्यक्तिमा बढी समय खर्चिएपछि असन्तुष्टि बढेको थियो । प्रस्तुतिका क्रममा दर्शकलाई उत्तेजित पार्ने खालका अभिव्यक्ति दिएको र पत्रकारहरूप्रति समेत नकारात्मक टिप्पणी गरेको आरोप छ । यही विषयलाई लिएर दर्शक र कलाकारबीच तनाव बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८३
प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

गौर (रौतहट), ११ मंसिर । रौतहटको गौरस्थित राइस मिलको मैदानमा सञ्चालन भइरहेको ‘रौतहट एक्स्पो २०८३’ मा टिकटक डान्सर प्रीति पासवानको प्रस्तुतिलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएपछि मेला परिसरमा झडप तथा व्यापक तोडफोड भएको छ । घटनाका क्रममा मेला प्रवेश गर्ने गेटदेखि टिनका पर्खालसम्म क्षति पुगेको छ भने मनोरञ्जनका लागि राखिएका खेल सामग्रीसमेत दर्शकले लुटेको बताइएको छ ।

दर्शकहरूका अनुसार स्टेजमा सांस्कृतिक प्रस्तुति दिनुपर्ने कलाकारले गीत तथा नृत्यभन्दा भाषण र विवादित अभिव्यक्तिमा बढी समय खर्चिएपछि असन्तुष्टि बढेको थियो । प्रस्तुतिका क्रममा दर्शकलाई उत्तेजित पार्ने खालका अभिव्यक्ति दिएको र पत्रकारहरूप्रति समेत नकारात्मक टिप्पणी गरेको आरोप छ । यही विषयलाई लिएर दर्शक र कलाकारबीच तनाव बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ ।

‘पत्रकारहरूले उल्टो समाचार लेख्छन्, प्रीति पासवानकै कार्यक्रममा बबाल भयो भन्छन्‌’ भन्ने आशयको अभिव्यक्ति दिएर उनले आफ्नो प्रस्तुतिप्रति उठेका प्रश्नको दोष पत्रकारितामाथि थोपर्न खोजेको भन्दै आलोचनासमेत भएको छ । पत्रकारको जिम्मेवारी घटनाको वास्तविकता र तथ्य जनतासमक्ष पुर्‍याउनु हो । समाचारप्रति असहमति भए तथ्यका आधारमा खण्डन गर्ने बाटो हुँदाहुँदै पत्रकारलाई लक्षित टिप्पणी गर्नु उचित मान्न सकिँदैन ।

मनोरञ्जनका लागि आयोजना गरिएको महोत्सवमा कलाकारको प्रस्तुति विवादको विषय बन्नु र त्यसपछि झडप तथा तोडफोड हुनु दुःखद र निन्दनीय छ । कलाकारले आफ्नो कला र प्रतिभामार्फत दर्शकलाई मनोरञ्जन दिनुपर्ने हो, अनावश्यक विवाद सिर्जना गरी वातावरण तनावपूर्ण बनाउने होइन । यद्यपि, घटनामा कलाकारको अभिव्यक्तिले कस्तो भूमिका खेलेको थियो भन्ने विषय निष्पक्ष छानबिनबाट पुष्टि हुन आवश्यक छ ।

यो घटनाले कलाकारको व्यवहारसँगै आयोजक र मेला व्यवस्थापन समितिको तयारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । करोडौँको लगानीमा आयोजना गरिएको एक्स्पोमा सम्भावित जोखिमको पूर्वानुमान किन हुन सकेन ? दर्शकको असन्तुष्टि बढ्दै जाँदा स्थिति नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था किन प्रभावकारी हुन सकेन ? विवादित प्रस्तुति गराउने निर्णय कसले गर्‍यो र त्यसको जिम्मेवारी कसले लिने ?

घटनाबाट मेला प्रवेशद्वार, टिनका पर्खाल तथा अन्य संरचनामा क्षति पुगेको र लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ । तर क्षतिको यकिन विवरण, घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे आयोजकको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

अब घटनाको निष्पक्ष छानबिन गरी झडप र तोडफोडमा संलग्न व्यक्तिको पहिचान, क्षतिको यकिन मूल्यांकन तथा जिम्मेवार पक्षमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्छ । कलाकारको गैरजिम्मेवार अभिव्यक्ति वा व्यवहारले क्षति निम्त्याउन भूमिका खेलेको पुष्टि भएमा त्यसको जिम्मेवारीसमेत कानुनी प्रक्रियाबाट निर्धारण गरिनुपर्छ ।

रौतहट एक्स्पोमा भएको घटनाले मनोरञ्जनका नाममा आयोजना गरिने कार्यक्रमको व्यवस्थापन, कलाकारको व्यावसायिक आचरण र दर्शकको सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएको छ । जनताको प्रश्न अब एउटै छ ‘रौतहट एक्स्पोमा चुक्यो कहाँ र भएको क्षतिको जिम्मेवारी कसले लिने ?’

Tags: रौतहट एक्स्पो २०८३
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

प्रीति पासवानको प्रस्तुतिपछि रौतहट एक्स्पोमा बबालः गेटदेखि टिनका पर्खालसम्म तोडफोड

मंसिर ११, २०८३
दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेशमा स्वयंसेवक प्रशिक्षक नियुक्त

मंसिर ११, २०८३
जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

मंसिर ११, २०८३
१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

मंसिर ११, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि