कलैया (बारा), ४ जेठ । बाराको कलैयामा किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद भएको छ । विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको जनाएको छ ।
आफ्ना साथीलाई नियन्त्रणमा लिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी तथा (मङ्गलमुखी पुरुष तेस्रो लिङ्गी) हरूले जिल्ला प्रहरी कार्यालय बारा को मुख्य गेट अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केही आन्दोलनकारीहरूले सडकमै कपडा खोलेर प्रदर्शन गर्दै प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पक्राउ परेका व्यक्तिलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै उनीहरूले केहीबेर प्रहरी कार्यालय अगाडिको सडक क्षेत्र तनावग्रस्त बनाएका थिए । 








प्रतिक्रिया दिनुहोस् !