Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

प्रसाईं सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगञ्ज आएका थिए । उनको आगमनका क्रममा समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए । फूलमाला, नाराबाजी तथा विभिन्न स्वागत कार्यक्रममार्फत समर्थकहरूले प्रसाईंप्रति समर्थन जनाएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ४, २०८३
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

वीरगंज (पर्सा), ४ जेठ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति वीरगंजबाट नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले उनलाई वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुर्‍याएको हो ।

प्रसाईं सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगञ्ज आएका थिए । उनको आगमनका क्रममा समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए । फूलमाला, नाराबाजी तथा विभिन्न स्वागत कार्यक्रममार्फत समर्थकहरूले प्रसाईंप्रति समर्थन जनाएका थिए । त्यसपछि वीरगञ्जका विभिन्न स्थानमा उनका समर्थकहरूको बाक्लो उपस्थितिसमेत देखिएको थियो । उनको भ्रमणलाई ध्यानमा राख्दै सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानी कडा बनाएको थियो । जिल्ला प्रशासन र सुरक्षा संयन्त्रले सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको स्रोतले जनाएको छ ।

सोमबार राति आफू बसेकै होटलमा वीरगंजवासीसँग भेटघाट तथा छलफल कार्यक्रम चलिरहेका बेला प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको बताइएको छ । पक्राउका क्रममा प्रहरीले उनलाई पक्राउ पुर्जीसमेत दिएको थियो । तर कुन आरोप वा कसुरमा नियन्त्रणमा लिइएको हो भन्नेबारे भने स्पष्ट खुलाइएको छैन । घटनाबारे जानकारी लिन पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन ।

प्रसाईंको मंगलबार बिहान वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा पूजा–पाठ गर्ने कार्यक्रम तय गरिएको थियो । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर जाने तयारी रहेको बताइएको थियो । त्यसअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा मुखर रूपमा प्रस्तुत हुँदै आएका प्रसाईंको वीरगञ्ज भ्रमणलाई उनका समर्थकहरूले विशेष चासोका साथ हेरिरहेका थिए । उनी पक्राउ परेपछि केही समर्थकहरूले आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

Tags: दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि