Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तलब नपाएपछि जलेश्वर अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३१, २०८३
तलब नपाएपछि जलेश्वर अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित

जलेश्वर (महोत्तरी), ३१ वैशाख । तलब तथा भत्ताको माग गर्दै प्रादेशिक अस्पताल जलेश्वरका अस्थायी करारका चिकित्सक तथा कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् । अस्पतालमा कार्यरत अस्थायी करारका चिकित्सक तथा कर्मचारीहरूले तीन महिनादेखि तलब तथा भत्ता नपाएको भन्दै अस्पतालका सेवा बन्द गरेर आन्दोलन थालेका हुन् । आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापन नै कठिन बनेको बताएका छन् ।

उनीहरूका अनुसार बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सवारी खर्च धान्नसमेत समस्या भइरहेको छ । महिनौँदेखि तलब तथा भत्ता नपाउँदा घरपरिवार चलाउन कठिन भएको चिकित्सक गनि आलमले बताए । उनले तलब तथा भत्ता उपलब्ध नगराइएसम्म अस्पतालमा सेवा नदिने चेतावनीसमेत दिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन् । बिरामी परीक्षण तथा उपचार सेवा प्रभावित बनेपछि सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

यता, डा. रवि श्रीवास्तवले आन्दोलनबारे मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकिएको बताए । उनका अनुसार तलबसम्बन्धी फाइल स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुगिसकेको छ र चाँडै तलब भुक्तानी हुने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार आन्दोलनमा १०० शैय्याको अस्पतालका लागि अस्थायी दरबन्दीमा कार्यरत २२ जना तथा ५० शैय्याको अस्पतालका लागि अस्थायी दरबन्दीमा रहेका २५ जना गरी कुल ४७ जना विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् । आन्दोलनका कारण अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

Tags: जलेश्वर प्रादेशिक अस्पताल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि