Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

सेवा केन्द्र सञ्चालनमा आएपछि घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाका पीडितलाई एकद्वार प्रणालीमार्फत मनोसामाजिक सहयोग, परामर्श तथा कानुनी सहजीकरणसहितको सेवा उपलब्ध गराइने विश्वास गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३०, २०८३
सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

सिम्रौनगढ (बारा), ३० वैशाख । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि अत्याधुनिक सेवा केन्द्र भवन सञ्चालनमा आएको छ । बुधबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, किशोरी साह कलवार तथा जलन्धर सिंह जैसवारले संयुक्त रूपमा नवनिर्मित भवनको उ्‌दघाटन गरेका हुन् ।

विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय युएनओपिएस मार्फत निर्माण गरिएको उक्त भवन ३ करोड ५१ लाख ४ सय रुपैयाँ लागतमा सम्पन्न भएको हो । सेवा केन्द्र सञ्चालनमा आएपछि घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाका पीडितलाई एकद्वार प्रणालीमार्फत मनोसामाजिक सहयोग, परामर्श तथा कानुनी सहजीकरणसहितको सेवा उपलब्ध गराइने विश्वास गरिएको छ ।

नवनिर्मित भवनबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई गोप्य, सुरक्षित र पीडितमैत्री वातावरणमा सेवा प्रदान गरिने अपेक्षा गरिएको छ । विशेषगरी घरेलु हिंसा, लैङ्गिक हिंसा र बालअधिकार उल्लङ्घनजस्ता संवेदनशील मुद्दामा पीडितलाई सहज पहुँचसहित प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको जनाइएको छ ।

उद्घाटनपछि आईजीपी कार्कीले सेवा केन्द्र भवनको अवलोकन गर्नुका साथै प्रहरी कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले बेलायत सरकारले विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार निर्माण, तालिम तथा समुदायसँगको सहकार्य विस्तारमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गरे । उनले समयमै भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, प्राविधिक टोली तथा सरोकारवालाप्रति आभार व्यक्त गरे ।

उनले नयाँ भवनलाई केवल भौतिक संरचनाको रूपमा मात्र नभई प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यको प्रतीकका रूपमा व्याख्या गर्दै यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार, सुरक्षा र सम्मान संरक्षणमा सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया ले अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा मधेश प्रदेश प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रदेश प्रहरीले शून्य सहनशीलताको नीति अपनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अपराध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

कार्यक्रममा धर्मेन्द्र कुमार मिश्र, ईन्द्र न्यौपाने, शिशिर उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक रन्जन मिश्रले गरेका थिए ।

Tags: इलाका प्रहरी कार्यालय सिम्रौनगढ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि