Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा सम्झिए मधेश आन्दोलनका अग्रणी नेता रामजन्म तिवारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८३
वीरगंजमा सम्झिए मधेश आन्दोलनका अग्रणी नेता रामजन्म तिवारी

वीरगंज (पर्सा), २९ वैशाख । मधेशवादी आन्दोलनका अग्रणी नेता स्वर्गीय रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगंजमा मनाइएको छ । वीरगंजस्थित घण्टाघरमा रहेको स्व. तिवारीको सालिक परिसरमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रोफेसर भाग्यनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशवादी आन्दोलनसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिवक्ता सुरेन्द्र कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, शशी कपूर मियाँ, नेजामुदिन समानी, शिव पटेल, शम्भु गुप्ता, श्याम गुप्ता, अखिलेश प्रसाद लगायत स्व. तिवारीका पुत्र अधिवक्ता आशुतोष तिवारी, परिवारजन, अनुयायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले स्व. तिवारीको सालिकमा माल्यार्पण तथा पुष्प अर्पण गर्दै उहाँले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले अधिकार सम्पन्न मधेश र समृद्ध नेपालको निर्माणका लागि स्व. तिवारीको संघर्षलाई प्रेरणाका रूपमा लिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र कुर्मीले स्व. रामजन्म तिवारीलाई मधेशी समुदायको हक–अधिकारका लागि पहिलोपटक सशक्त आवाज उठाउने योद्धाका रूपमा स्मरण गरे । उनले २००७ सालको क्रान्तिदेखि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म स्व. तिवारीले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै विभिन्न समयमा जेल जीवन बिताउनुपरे पनि कहिल्यै आफ्नो अडानबाट विचलित नभएको बताए ।

उनले २०४६ सालको जनआन्दोलनमा पनि स्व. तिवारीले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे । नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीका रूपमा विस्तार गरी मधेशी मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन उहाँको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । चुनावपछि स्वयं मन्त्री नबनी गजेन्द्र नारायण सिंहलाई मन्त्री बनाएर मधेशी मुद्दालाई संसदसम्म पुर्‍याउन त्यागपूर्ण भूमिका खेलेको पनि उनले उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष प्रो. भाग्यनाथ गुप्ताले २००७ सालदेखि नै मधेश र मधेशी समुदायको पक्षमा बुलन्द आवाज उठाउने पहिलो योद्धा स्व. रामजन्म तिवारी रहेको बताए । उनले तराई कांग्रेसमार्फत मधेशी समुदायमाथिको विभेदविरुद्ध नेपाली कांग्रेस सरकार तथा तत्कालीन राजा त्रिभुवनसमक्ष समेत आवाज उठाएको स्मरण गरे ।

प्रो. गुप्ताले राजा महेन्द्र ले २०१६ सालमा जननिर्वाचित सरकार हटाएर सत्ता आफ्नो हातमा लिएपछि स्व. तिवारीले त्यसको कडा विरोध गरेको बताए । साथै पञ्चायती व्यवस्थाका क्रममा हर्क गुरुङको बसाइँसराइ सम्बन्धी प्रतिवेदन तथा मधेशविरोधी नीतिविरुद्ध आवाज उठाउँदा पटक–पटक जेल जानुपरेको प्रसंग पनि उनले स्मरण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य आशुतोष तिवारीले दिएका थिए भने सञ्चालन वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंहले गरेका थिए ।

https://birgunjtimes.com/wp-content/uploads/2026/05/a147472c-820e-410f-896e-d0a7bfdd5caf.mp4

Tags: स्वर्गीय रामजन्म तिवारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि