Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माटोले पुरिएर युवकको मृत्यु : ट्याक्टर चालक पक्राउ, घटनामा अन्यको संलग्नता आशंका

गत आइतबार राति स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाल्ने क्रममा माटोले पुरिएर प्लास्टिक संकलन गरी जीविकोपार्जन गर्दै आएका परवानीपुर गाउँपालिका–५ नौतन निवासी ३८ वर्षीय दुःखी महतो बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २६, २०८३
माटोले पुरिएर युवकको मृत्यु : ट्याक्टर चालक पक्राउ, घटनामा अन्यको संलग्नता आशंका

परवानीपुर (बारा), २६ वैशाख । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाल्ने क्रममा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा ना.५ त ३०११ नम्बरको ट्याक्टर चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी ५० वर्षीय काशी महतो तत्मा रहेका छन् ।

गत आइतबार राति स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाल्ने क्रममा माटोले पुरिएर प्लास्टिक संकलन गरी जीविकोपार्जन गर्दै आएका परवानीपुर गाउँपालिका–५ नौतन निवासी ३८ वर्षीय दुःखी महतो बिनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गाउँपालिकाद्वारा परवानीपुर बजारमा निर्माणाधीन सेडको माटो मध्यरातमा ट्याक्टरमार्फत रौनियारको जग्गामा खसाल्ने काम भइरहेको थियो । रातिको समयमा माटो खसालिनु र घटनापछि घाइतेलाई तत्काल अस्पताल नलगिएको विषयलाई लिएर स्थानीयले घटनामाथि शंका व्यक्त गरेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्याक्टरबाट माटो खसाल्ने क्रममा युवक पुरिएर मृत्यु भएको देखिएको छ । घटनास्थल आसपासका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएपछि चालक तत्मालाई पक्राउ गरिएको उनले बताए । प्रहरीका अनुसार मृतक युवक माटोले च्यापिएपछि शवलाई घटनास्थलबाट केही पर सारिएको अवस्थामा फेला पारिएको थियो । यसले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

श्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिलाई जोगाउन केही स्थानीय जनप्रतिनिधि तथा राजनीतिक नेताहरू सक्रिय रहेको बुझिएको छ । उनीहरूले पीडित पक्षलाई दबाब दिएर ट्याक्टर चालकविरुद्ध मात्र जाहेरी दिन लगाएको आरोपसमेत उठेको छ । घटनाबारे जग्गाधनी रामबाबु रौनियारसँग बुझ्दा आफूलाई घटनाको वास्तविक जानकारी नभएको बताएका छन् । मध्यरातमा आफ्नो जग्गामा माटो किन खसालिएको भन्ने प्रश्नमा उनले गाउँपालिकाले उक्त काम गराएको प्रतिक्रिया दिएका छन् । तर स्थानीयवासीले रातिको समयमा माटो खसालिनु र दुर्घटनापछि घाइतेलाई अस्पताल नपुर्‍याइनुमा रौनियारको भूमिकासमेत शंकास्पद रहेको बताएका छन् ।

Tags: ट्याक्टर दुर्घटना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि