Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्युसन भन्दै घरबाट निस्किएका दुई बालिका पुगिन् भारतको छपराः प्रहरीको सक्रियतामा सकुशल उद्दार

रिद्धिले आफ्नी बहिनीको मोबाइलमा क्यूआर कोड पठाएर सहयोग मागेकी थिइन् । उक्त जानकारी पर्सा क्षेत्र नं. २ का सांसद सुशील कानु मार्फत प्रहरीमा पुगेपछि खोजी कार्य तीव्र बनाइएको थियो । प्रहरी उपरीक्षक सुदीपराज पाठकको समन्वयमा भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरी अन्ततः उनीहरूको अवस्थिति पत्ता लगाइएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
ट्युसन भन्दै घरबाट निस्किएका दुई बालिका पुगिन् भारतको छपराः प्रहरीको सक्रियतामा सकुशल उद्दार

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज महानगरपालिका–१० घडिअर्वाबाट हराएका दुई किशोरीलाई नेपाल-भारत प्रहरीको समन्वयमा सकुशल उद्दार गरी स्वदेश फर्काइएको छ । हराएको दुई दिनपछि भारतको बिहारस्थित छपरा रेल्वे स्टेशनबाट उनीहरूलाई फेला पारेर मंगलबार साँझ वीरगंज ल्याइएको हो ।

हराउनेमा स्थानीय दीपेन्द्र कानुकी १४ वर्षीया छोरी आर्या गुप्ता र विनोद सहनीकी १४ वर्षीया छोरी रिद्धि सिद्धी (नाव्या) सहनी रहेका छन् । उनीहरू सोमबार दिउँसो करिब ३ः३० बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

खोजतलासका क्रममा नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दै उनीहरूको लोकेसन पत्ता लगाउन सफल भएको थियो । त्यसपछि भारतीय प्रहरीको सहयोगमा छपरा रेल्वे स्टेशनबाट उनीहरूलाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । उद्दारपछि उनीहरूलाई वीरगंज ल्याई जिल्ला प्रहरीको सेफ हाउसमा राखेर आवश्यक प्रक्रिया पूरा गरी बुधबार अभिभावकको जिम्मा लगाइएको उनले बताए ।

प्रहरी अनुसन्धानअनुसार रिद्धि सिद्धी वीरगंजस्थित इस्कोन कार्यालयमा आउजाउ गर्ने गरेकी थिइन् र उनले आर्यालाई भारतको मथुरा–वृन्दावन घुम्न जाने प्रस्ताव राखेपछि दुवै जना घरबाट निस्किएका थिए । तर ट्युसन नजाँदै उनीहरू सीधै रक्सौल रेल्वे स्टेशन पुगेका थिए । त्यहाँबाट रेल चढेर उनीहरू नरकटियागञ्ज, त्यसपछि गोरखपुर हुँदै मुजफ्फरपुर पुगे र अन्ततः छपरा स्टेशनमा ओर्लिएका थिए ।

यात्राका क्रममा मथुरा पुग्न आवश्यक भाडा नपुगेपछि रिद्धिले आफ्नी बहिनीको मोबाइलमा क्यूआर कोड पठाएर सहयोग मागेकी थिइन् । उक्त जानकारी पर्सा क्षेत्र नं. २ का सांसद सुशील कानु मार्फत प्रहरीमा पुगेपछि खोजी कार्य तीव्र बनाइएको थियो । प्रहरी उपरीक्षक सुदीपराज पाठकको समन्वयमा भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरी अन्ततः उनीहरूको अवस्थिति पत्ता लगाइएको हो ।

उद्दारपछि भारतीय प्रहरीले आर्या गुप्ताका काका लालबाबु कानु र स्थानीय युवा नेता लखन गुप्ताको जिम्मामा दुवै किशोरीलाई बुझाएको थियो । त्यसपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ । यस घटनाले अभिभावकलाई बालबालिकाको गतिविधिप्रति थप सचेत रहनुपर्ने सन्देश दिएको छ भने सीमा क्षेत्रमा हुने आवागमनमा पनि सतर्कता आवश्यक देखिएको छ ।

Tags: घडिअर्वाका दुई किशोरी भारतको छपरा रेल्वे स्टेशनबाट फेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि