Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

अहिलेको अवस्थाले स्पष्ट देखाउँछ कि सञ्चार क्षेत्रमा सुधार आवश्यक छ । विकृति र अनियमितता हटाउनुपर्छ । तर त्यसका लागि सम्पूर्ण क्षेत्रलाई दण्डित गर्नु समाधान होइन । सरकारले आफ्नो निर्णय पुनर्विचार गर्न आवश्यक छ । सञ्चार माध्यमलाई सशक्त बनाउने, पारदर्शिता ल्याउने र नियमन गर्ने नीति ल्याउनुपर्छ। निजी र सरकारी सञ्चार माध्यमबीच सन्तुलन कायम गर्नुपर्छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
बैशाख २०, २०८३
सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

वीरगंज (पर्सा), २० वैशाख । सञ्चार माध्यमलाई प्रायः मुलुकको ‘चौथो अङ्ग’ का रूपमा चिनिन्छ । राज्यका तीनवटा प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कामकारबाहीलाई जनतासम्म पुर्‍याउने, तिनको निगरानी गर्ने तथा जनताको आवाज सत्तासम्म पुर्‍याउने महत्वपूर्ण दायित्व सञ्चार माध्यमले निर्वाह गर्दै आएको छ । नेपालको संविधानले पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यसै संवैधानिक अधिकारका आधारमा सञ्चार माध्यमले ओझेलमा परेका विषयहरूलाई उठान गर्ने, दूरदराजका नागरिकसम्म सूचना पुर्‍याउने र लोकतन्त्रलाई सुदृढ बनाउने भूमिका खेलेको छ ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि सञ्चार माध्यम केवल सूचना दिने माध्यम मात्र होइन, उनीहरूलाई राष्ट्रिय जीवनसँग जोड्ने पुल पनि हो । जब कुनै गाउँका बासिन्दाले आफ्नो समस्या सञ्चार माध्यममा उठेको देख्छन्, तब उनीहरूमा पनि ‘म यो देशको समान अधिकारयुक्त नागरिक हुँ’ भन्ने अनुभूति जागृत हुन्छ । तर विडम्बना, अरूका पीडा र समस्यालाई उजागर गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीहरू आफैँ अहिले गम्भीर सङ्कटमा परेका छन् ।

नीतिगत निर्णयबाट उत्पन्न संकट
यस संकटको मूल कारणका रूपमा २०२८ साल चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको एक पत्रलाई लिइएको छ । उक्त पत्रमा सरकारी कार्यालयहरूले आफ्ना विज्ञापनहरू निजी सञ्चार माध्यममार्फत प्रकाशन वा प्रसारण गर्न नपाउने व्यवस्था गरिएको उल्लेख छ ।

यस निर्णयले सञ्चार क्षेत्रमा एक प्रकारको तरङ्ग उत्पन्न गर्‍यो, जसले गर्दा सञ्चार जगत अहिले निरन्तर विरोधमा उत्रिएको छ । नेपाल पत्रकार महासङ्घले समेत विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दै आएको छ । विज्ञप्तिहरू जारी भइरहेका छन्, तर हालसम्म ती आवाजहरूको प्रभावकारी सुनुवाइ भएको देखिँदैन ।

खुला पत्रः बाध्यताबाट उठेको आवाज
यसै सन्दर्भमा पर्साका पत्रकार शम्भु कुमार सुमनले प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन् । उनका अनुसार, लामो समयदेखि सञ्चालनमा रहेका सञ्चार माध्यमहरू उक्त निर्णयका कारण गम्भीर मारमा परेका छन् । ती सञ्चार संस्थामा कार्यरत पत्रकार तथा श्रमजीवीहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

उनी भन्छन् ‘आन्दोलनहरू भए, आवाज उठाइयो, तर कुनै सुनुवाइ नभएपछि खुला पत्र लेख्नु बाध्यता बन्यो । सुरुवातमा नयाँ सरकारप्रति धेरै अपेक्षा गरिएको थियो, पुराना राजनीतिक दलहरूले गर्न नसकेको सुधार अब हुने आशा गरिएको थियो । तर जब सञ्चार क्षेत्रमै प्रत्यक्ष प्रहार भयो, तब उनीहरू निराश बन्न पुगे ।

उनको भनाइमा सञ्चार माध्यममा केही विकृति र अनियमितता रहेको स्वीकार गर्दै त्यसलाई नियमन गर्नुपर्ने आवश्यकता थियो । तर सम्पूर्ण सञ्चार क्षेत्रमाथि एकैचोटि प्रतिबन्ध लगाउनु न्यायसंगत कदम होइन ।

निजी सञ्चार माध्यमको भूमिका र चुनौती
पत्रकार तिवारी यादवका अनुसार, उक्त निर्णयपछि निजी सञ्चार माध्यमको अस्तित्व नै संकटमा परेको छ । सरकारी सूचनाहरू अब केवल सरकारी माध्यममार्फत मात्र प्रकाशन हुने भएपछि निजी सञ्चार माध्यमको आयस्रोत लगभग समाप्त भएको छ । नेपालमा ७५३ स्थानीय तह छन्, जसले आफ्ना सूचना प्रवाह गर्नुपर्ने हुन्छ ।

यदि ती सबै सूचनाहरू केवल सरकारी सञ्चार माध्यममा मात्र सीमित भएभने जनतासम्म सूचना पुग्ने प्रक्रिया नै कमजोर हुन्छ । निजी सञ्चार माध्यमहरू तीव्र, गतिशील र जनतासँग प्रत्यक्ष जोडिएका हुन्छन् । उनीहरूले तत्काल सूचना सम्प्रेषण गर्न सक्छन्, जुन सरकारी माध्यमले सधैं सम्भव बनाउँदैन । उदाहरणका लागि, कुनै विपद् वा आकस्मिक अवस्थाको सूचना निजी सञ्चार माध्यममार्फत छिटो जनतासम्म पुग्न सक्छ । तर यदि ती माध्यमहरूलाई निषेध गरियो भने सूचना प्रवाहमा गम्भीर अवरोध उत्पन्न हुन्छ ।

संघीय संरचना र नीतिगत विरोधाभास
नेपाल संघीय प्रणालीमा आधारित मुलुक हो, जहाँ तीन तहका सरकार छन् संघ, प्रदेश र स्थानीय । यस्तो अवस्थामा संघीय सरकारले स्थानीय तहका सञ्चार अभ्यासमा हस्तक्षेप गर्नु संविधानको भावना विपरीत देखिन्छ । कतिपय स्थानीय तहहरूले संघीय निर्णय नमान्ने संकेत पनि दिएका छन् । यसले स्पष्ट पार्छ कि नीति निर्माणमा समन्वयको अभाव छ । सञ्चार क्षेत्रजस्तो संवेदनशील विषयमा यस्ता निर्णयहरूले थप अन्योल सिर्जना गरेका छन् ।

आर्थिक संकट र सञ्चार माध्यमको धरासायी अवस्था
वर्तमान अवस्थामा सञ्चार माध्यमहरूको आर्थिक अवस्था अत्यन्त दयनीय छ । समाचार छाप्न लाग्ने खर्च, इन्टरनेट शुल्क, कर्मचारी तलब यी सबै व्यवस्थापन गर्न कठिन भइरहेको छ । निजी क्षेत्रबाट आउने विज्ञापन पनि अत्यन्त सीमित छ । पहिले नै कमजोर आर्थिक आधार भएका सञ्चार संस्थाहरू यस निर्णयपछि झन् संकटमा परेका छन् । धेरै सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेका छन् । कर्मचारीलाई तलब दिन नसक्ने अवस्था सिर्जना भएको छ ।

युवाहरूको भविष्य संकटमा
सञ्चार क्षेत्रमा भविष्य खोजिरहेका युवाहरू अहिले निराश बनेका छन् । दशकौँदेखि यस क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि अब विकल्प खोज्न बाध्य भएका छन् । नयाँ पुस्ताका शिक्षित युवाहरू यस क्षेत्रमा प्रवेश गर्न इच्छुक देखिँदैनन् । ‘हामी अरू क्षेत्रमा गएको भए सायद स्थापित भइसक्थ्यौँ,’ भन्ने भावना धेरै पत्रकारहरूमा देखिन्छ । तर जनताको मुद्दा उठाउने उद्देश्यले उनीहरू यस क्षेत्रमा टिकिरहेका छन् । यदि यस्तो अवस्था निरन्तर रह्यो भने सञ्चार क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने निश्चित छ ।

विज्ञापनमा अनियमितता र वास्तविक समस्या
सञ्चार क्षेत्रमा भ्रष्टाचार र अनियमितताको विषय पनि उठिरहेको छ । केही रिपोर्टहरूमा विज्ञापनमा अर्बौँ रुपैयाँ खर्च भएको र त्यसमा अनियमितता भएको उल्लेख गरिएको छ । तर वास्तविकता के हो भने ठूलो हिस्सा विज्ञापन एजेन्सीहरूले बीचमै लिएका छन् ।
उदाहरणका लागि, एउटा विज्ञापनको वास्तविक लागत १७ हजार रुपैयाँ भए पनि ६५ हजार रुपैयाँको बिल पेश गरिएको छ । यसले देखाउँछ कि समस्या सञ्चार माध्यममा मात्र होइन, बीचौलिया प्रणालीमा पनि छ । त्यसैले, समस्या समाधान गर्नुपर्ने ठाउँ एजेन्सीहरू हुन्। तर सम्पूर्ण सञ्चार माध्यमलाई नै दोषी ठहर गरेर प्रतिबन्ध लगाउनु उचित होइन ।

सरकारी र निजी सञ्चार माध्यमबीचको असन्तुलन
सरकारी सञ्चार माध्यमहरू जस्तै गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन देशभर सूचना प्रवाह गर्न सक्षम छैनन् । उनीहरूको पहुँच सीमित छ, र जनताको दैनिक समस्याहरू उठाउने क्षमता पनि सीमित छ । निजी सञ्चार माध्यमहरू भने जनतासँग प्रत्यक्ष जोडिएका हुन्छन् । उनीहरूले स्थानीय मुद्दा उठाउँछन्, जनताको आवाज सत्तासम्म पुर्‍याउँछन् । त्यसैले, दुवै प्रकारका माध्यमबीच सन्तुलन आवश्यक छ ।

लोकतन्त्रमा सञ्चार माध्यमको भूमिका
लोकतन्त्रमा सञ्चार माध्यमको स्वतन्त्रता अत्यन्त आवश्यक हुन्छ । यदि सञ्चार माध्यमलाई नियन्त्रण गरियो भने जनताको आवाज दबिन्छ । सरकारको आलोचना गर्ने, गलत कार्य उजागर गर्ने र जनताको पक्षमा बोल्ने माध्यम नै सञ्चार हो । यदि सञ्चार माध्यम कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ । त्यसैले, सञ्चार क्षेत्रलाई संरक्षण र सुदृढ गर्न आवश्यक छ ।

दमन होइन, सुधार आवश्यक 
अहिलेको अवस्थाले स्पष्ट देखाउँछ कि सञ्चार क्षेत्रमा सुधार आवश्यक छ । विकृति र अनियमितता हटाउनुपर्छ । तर त्यसका लागि सम्पूर्ण क्षेत्रलाई दण्डित गर्नु समाधान होइन । सरकारले आफ्नो निर्णय पुनर्विचार गर्न आवश्यक छ । सञ्चार माध्यमलाई सशक्त बनाउने, पारदर्शिता ल्याउने र नियमन गर्ने नीति ल्याउनुपर्छ। निजी र सरकारी सञ्चार माध्यमबीच सन्तुलन कायम गर्नुपर्छ । यदि तत्काल सुधार भएन भने हजारौँ पत्रकार आन्दोलनमा उत्रिन बाध्य हुनेछन् । सञ्चार माध्यम बन्द हुने अवस्थामा पुग्नेछन्, जसले लोकतन्त्रलाई गम्भीर असर पुर्‍याउनेछ । अन्ततः, सञ्चार माध्यम केवल व्यवसाय होइन यो जनताको आवाज हो । यसलाई जोगाउनु राज्यको दायित्व हो, र यसको स्वतन्त्रता कायम राख्नु लोकतन्त्रको आधार हो ।

Tags: पत्रकारितामा आर्थिक नाकाबन्दीः लोकतन्त्र नै जोखिममा !
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि