Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

दिल्ली पब्लिक, ज्ञानदा एकेडेमी, गौतम, कादम्बरी, रोयल एकेडेमी, जीवन ज्योति, बीपीएस लगायत विद्यालयहरूले नर्सरीदेखि कक्षा १० सम्मका पुस्तकहरू परिवर्तन गरेका छन् । पुस्तक व्यवसायीहरूका अनुसार विद्यालयहरूले प्रकाशन संस्थासँग प्रत्यक्ष सम्झौता गरेर बढी कमिशन प्राप्त हुने पुस्तकलाई प्राथमिकता दिने गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

वीरगंज (पर्सा), २० वैशाख । वीरगंजका निजी विद्यालयहरूले हरेक वर्षजस्तै यस वर्ष पनि पाठ्यपुस्तक परिवर्तन गर्ने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । सरकारले बारम्बार एउटै कक्षाका पुस्तकहरू बारम्बार परिवर्तन नगर्न निर्देशन दिँदै आएको भए पनि अधिकांश विद्यालयहरूले उक्त निर्देशनको पालना नगरेको पाइएको छ ।

स्थानीय स्तरका प्रतिष्ठित विद्यालयहरू समेत यस अभ्यासमा संलग्न रहेको अभिभावकहरूको गुनासो छ । दिल्ली पब्लिक, ज्ञानदा एकेडेमी, गौतम, कादम्बरी, रोयल एकेडेमी, जीवन ज्योति, बीपीएस लगायत विद्यालयहरूले नर्सरीदेखि कक्षा १० सम्मका पुस्तकहरू परिवर्तन गरेका छन् । पुस्तक व्यवसायीहरूका अनुसार विद्यालयहरूले प्रकाशन संस्थासँग प्रत्यक्ष सम्झौता गरेर बढी कमिशन प्राप्त हुने पुस्तकलाई प्राथमिकता दिने गरेका छन् ।

शिक्षा क्षेत्रका जानकारहरू भन्छन् ‘पुस्तक छनोटमा गुणस्तरभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दो छ । यसले विद्यार्थीको शैक्षिक विकासभन्दा विद्यालयको स्वार्थ हाबी भएको संकेत गर्छ ।’ उदाहरणका रूपमा, गौतम स्कूलले अघिल्लो वर्ष प्रयोगमा रहेका पुस्तकहरू हटाएर यस वर्ष ईसीईसी पब्लिकेशनका अंग्रेजी, नेपाली र गणित विषयका नयाँ पुस्तक लागू गरेको छ । तर शिक्षकहरूकै भनाइमा पुराना पुस्तकहरू तुलनात्मक रूपमा गुणस्तरीय थिए, नयाँ परिवर्तनको स्पष्ट कारण भने खुलाइएको छैन ।

यस्तै, केही विद्यालयहरूले सीमित पुस्तक पसलसँग मात्र समन्वय गरेर पुस्तक बिक्री गराउने गरेका छन् । पूजा पुस्तक, गणेश पुस्तक र लक्ष्मी पुस्तकजस्ता पसलसँग मिलेमतोमा अभिभावकलाई त्यहीँबाट मात्र पुस्तक किन्न बाध्य बनाइएको आरोप छ । यसका कारण अभिभावकले अन्य पसलबाट पुस्तक खरिद गर्न पाउँदैनन् र छुट सुविधा समेतबाट वञ्चित हुने गरेका छन् ।

अझ गम्भीर पक्ष के छ भने एउटै नाम र संस्करणका पुस्तकहरू बजारमा फरक–फरक सामग्रीसहित बिक्री भइरहेको पाइएको छ, जुन कानुनी रूपमा आपत्तिजनक मानिन्छ । उदाहरणका रूपमा कक्षा १० को ‘साइन्स एण्ड टेक्नोलोजी’ विषयको रिलायन्स पब्लिकेशनको पुस्तक फरक सामग्रीसहित विभिन्न स्थानमा बिक्री भइरहेको स्रोतले जनाएको छ । जीवन ज्योति मावि, वीरगंज पब्लिक स्कुल र कादम्बरी स्कुलमा प्रयोगमा रहेका यस्ता पुस्तकहरू सीमित पसलमा मात्र उपलब्ध छन् । अन्य पसलमा उही नाम, संस्करण र प्रकाशनका पुस्तक पाइए पनि सामग्री फरक भएकाले विद्यालयहरूले मान्यता नदिने गरेको अभिभावकहरूको गुनासो छ ।

प्रत्येक वर्ष हुने पुस्तक परिवर्तनले अभिभावकमाथि आर्थिक भार थप्नुका साथै अनावश्यक झन्झट सिर्जना गरिरहेको छ । तर यस विषयमा सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र नियमन नहुँदा समस्या यथावत् रहेको देखिन्छ ।

Tags: शिक्षाभन्दा स्वार्थ भारी: कमिशनको खेलमा पुस्तक परिवर्तन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि