Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

वीरगंज (पर्सा), २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आइतबार वीरगंजमा पत्रकारहरूले प्रभातफेरीसहित विरोध प्रदर्शन गर्दै प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपप्रति कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत गरिएको प्रभातफेरी घण्टाघरबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ र घडिअर्वा हुँदै पुनः घण्टाघरमै पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सञ्चारमाध्यममाथि सरकारले गर्दै आएको हस्तक्षेपको तीव्र आलोचना गरे । उनले विशेषगरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयलाई ‘आर्थिक नाकाबन्दी’ को संज्ञा दिँदै उक्त प्रतिबन्ध तत्काल खारेज गर्न माग गरे ।

प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै तिवारीले महासंघ हाल यही विषयलाई लिएर आन्दोलनरत रहेको जानकारी दिँदै सरकार आफ्नो निर्णयबाट पछि नहटे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले सरकारका असंवैधानिक कदमविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाइने र आवश्यक परे संयुक्त राष्ट्रसंघसम्म मुद्दा पुर्‍याइने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सत्तामा पुगेपछि राजनीतिक दलहरूले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति दोहोरिने गरेको आरोप लगाए । उनले विपक्षमा हुँदा प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने दलहरू सत्तामा पुगेपछि भने सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने व्यवहार देखाउने गरेको टिप्पणी गरे ।

खनालले सञ्चारमाध्यमले सत्ताको मनोमानीमाथि निगरानी राख्ने भएकाले नै यसलाई कमजोर पार्ने प्रयास भइरहेको धारणा राखे । उनले प्रेस स्वतन्त्रता जोगाउन पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य विजय भण्डारी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन तथा प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवलगायतले पनि मन्तव्य राख्दै वर्तमान परिस्थितिमा प्रेस स्वतन्त्रताको संरक्षणका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेसमाथि देखिएको हस्तक्षेप तत्काल अन्त्य गर्न र सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन् ।

Tags: प्रेस स्वतन्त्रता दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि