Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी जोगाउन प्रमलाई खुला पत्रः ‘वीरगंजको लाइफलाइन’ संकटमा, तत्काल हस्तक्षेपको माग

कहिल्यै पवित्र र जीवनदायिनी मानिएको सिर्सिया नदी, जसको पानी रक्सौल क्षेत्रमा कुष्ठरोग उपचारमा समेत उपयोगी मानिन्थ्यो, अहिले भने औद्योगिक ढल, रासायनिक फोहोर तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण विषाक्त बन्दै गएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०८३
सिर्सिया नदी जोगाउन प्रमलाई खुला पत्रः ‘वीरगंजको लाइफलाइन’ संकटमा, तत्काल हस्तक्षेपको माग

वीरगंज (पर्सा), २० वैशाख । वीरगंज महानगर तथा आसपासका हजारौँ नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको सिर्सिया नदीको संरक्षण र पुनःस्थापनाका लागि प्रधानमन्त्री बालेन शाहलाई खुला पत्र लेख्दै तत्काल प्रभावकारी पहल गर्न माग गरिएको छ । अभियन्ता ओमप्रकाश सरार्फले सार्वजनिक गरेको उक्त पत्रमा नदीको वर्तमान अवस्था अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गर्दै प्रदूषण र अतिक्रमण नियन्त्रण नगरे भविष्यमा गम्भीर संकट निम्तिने चेतावनी दिइएको छ ।

पत्रमा सिर्सिया नदी अहिले अत्यधिक प्रदूषित अवस्थामा पुगेको उल्लेख गर्दै यसको प्रभाव सीमापार भारतको रक्सौलसम्म पुगेको जनाइएको छ । नदीमार्फत बग्ने प्रदूषणले अन्तर्राष्ट्रिय स्तरमा समेत असर पारिरहेको र यसले नेपाल–भारत सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । भारतको संसद तथा सरकारी तहमा समेत यो विषय समय–समयमा उठ्दै आएको पत्रमा उल्लेख गरिएको छ ।

कहिल्यै पवित्र र जीवनदायिनी मानिएको सिर्सिया नदी, जसको पानी रक्सौल क्षेत्रमा कुष्ठरोग उपचारमा समेत उपयोगी मानिन्थ्यो, अहिले भने औद्योगिक ढल, रासायनिक फोहोर तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण विषाक्त बन्दै गएको जनाइएको छ । नदी अतिक्रमणका कारण साँघुरिँदै नालामा परिणत हुने अवस्थामा पुगेको उल्लेख गर्दै यसलाई वीरगंजको ‘लाइफलाइन’ भनिए पनि यसको वर्तमान अवस्था अत्यन्त दयनीय रहेको बताइएको छ ।

नदीको दूषित पानीका कारण स्थानीय बासिन्दा दुर्गन्ध, स्वास्थ्य समस्या, कृषि उत्पादनमा ह्रास, भूजल प्रदूषण तथा समग्र वातावरणीय संकटबाट प्रभावित भएको पत्रमा जनाइएको छ । विशेषगरी नदी किनारमा बसोबास गर्ने समुदाय सबैभन्दा बढी मारमा परेको उल्लेख गरिएको छ ।

अभियन्ता सरार्फले विगत एक दशकभन्दा बढी समयदेखि नागरिक स्तरबाट आन्दोलन, संघर्ष र सत्याग्रह गर्दै आएको उल्लेख गर्दै सरोकारवाला निकायले समस्या समाधानमा गम्भीरता नदेखाएको गुनासो गरेका छन् । कानुनी रूपमा समेत लडाइँ लडिएको भए पनि अपेक्षित सुनुवाइ नभएको उल्लेख गर्दै उनले राज्य संयन्त्रप्रति निराशा व्यक्त गरेका छन् ।

यसअघि पनि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेका बेला यस्तै मागसहित पत्र पठाइएको तर कुनै ठोस कदम नचालिएको जनाइएको छ । यद्यपि, प्रधानमन्त्री बालेन शाहले अतिक्रमणविरुद्ध थालेको अभियानबाट आफूहरूमा नयाँ आशा जागेको भन्दै यसपटक समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।

पत्रमार्फत प्रधानमन्त्रीसमक्ष सात बुँदे माग अघि सारिएको छ । जसअनुसार उद्योगहरूबाट नदीमा मिसाइने ढल तथा रासायनिक फोहोरमा कडा निगरानी, नदी सफाइ तथा संरक्षणका लागि राष्ट्रिय अभियान सञ्चालन, आधुनिक फोहोर प्रशोधन केन्द्र र ढल व्यवस्थापन प्रणाली निर्माण गर्न माग गरिएको छ । त्यस्तै, प्रदूषण गर्ने उद्योग तथा निकायमाथि कानुनी कारबाही, तीनै तहका सरकारबीच समन्वय गरी दीर्घकालीन योजना निर्माण, नदी किनारको अतिक्रमण हटाई हरियाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम सञ्चालन र नदीलाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न विशेष प्याकेज ल्याउन आग्रह गरिएको छ ।

पत्रमा सिर्सिया नदीको संरक्षणलाई केवल वीरगंजको समस्या नभई राष्ट्रिय वातावरण, जनस्वास्थ्य र भावी पुस्ताको भविष्यसँग जोडिएको विषयका रूपमा व्याख्या गरिएको छ । समयमै ठोस कदम चालिएन भने नागरिकस्तरबाट संघर्ष निरन्तर जारी रहने चेतावनी पनि दिइएको छ । अन्त्यमा, सिर्सिया नदीलाई पुनः स्वच्छ, सुन्दर र जीवनदायिनी बनाउन सरकारले तत्काल पहल गर्ने विश्वास व्यक्त गरिएको छ ।

Tags: सिर्सिया नदी संकटमा: प्रधानमन्त्रीलाई वीरगंजबाट खुला पत्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रेस स्वतन्त्रता कुण्ठित गरी अधिनायकवादतर्फ सरकार अग्रसरः पूर्वमुख्यमन्त्री सोनल

प्रेस स्वतन्त्रता कुण्ठित गरी अधिनायकवादतर्फ सरकार अग्रसरः पूर्वमुख्यमन्त्री सोनल

असार ३, २०८३
त्रिभुवन राजपथ क्षेत्रका अवैध संरचना हटाउन पाँच दिनको अन्तिम चेतावनी

त्रिभुवन राजपथ क्षेत्रका अवैध संरचना हटाउन पाँच दिनको अन्तिम चेतावनी

असार ३, २०८३
राजनीतिक भागबण्डाले धोबिनी गाउँपालिकाको गाउँसभा अवरुद्ध, नीति-कार्यक्रम अन्योलमा

राजनीतिक भागबण्डाले धोबिनी गाउँपालिकाको गाउँसभा अवरुद्ध, नीति-कार्यक्रम अन्योलमा

असार ३, २०८३
भारतीय पक्षले एकतर्फी रूपमा सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, रौतहटको गौर डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी रूपमा सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, रौतहटको गौर डुबानको जोखिममा

असार १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि