Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संघ र स्थानीय सरकारबीच टकराव चर्कियोः वीरगंजमा प्रशासकीय अधिकृत विवादले काम ठप्प !

सुशीला कार्की नेतृत्वको चुनावी सरकारले कार्यकाल सकिनुअघि सहसचिव रेशमलाल कँडेललाई २०८२ फागुन १२ को मन्त्रिपरिषद् निर्णयमार्फत वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर महानगरपालिकाले उनलाई हाजिर नगराएको दाबी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १६, २०८३
संघ र स्थानीय सरकारबीच टकराव चर्कियोः वीरगंजमा प्रशासकीय अधिकृत विवादले काम ठप्प !

वीरगंज (पर्सा), १६ वैशाख । कुनै समय काठमाडौं महानगरपालिकाका मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न संघीय सरकारसँग संघर्ष गरेका बालेन शाह अहिले देशको प्रधानमन्त्री बनेका छन् । तर विडम्बना, त्यतिबेला आफूले भोगेको अवस्थाजस्तै परिस्थिति अहिले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोग्नुपरेको छ ।

सुशीला कार्की नेतृत्वको चुनावी सरकारले कार्यकाल सकिनुअघि सहसचिव रेशमलाल कँडेललाई २०८२ फागुन १२ को मन्त्रिपरिषद् निर्णयमार्फत वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर महानगरपालिकाले उनलाई हाजिर नगराएको दाबी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । कर्मचारीलाई हाजिर नगराएको कारण देखाउँदै मन्त्रालयले दुई साताअघि महानगरमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत अरवीन्दलाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकारसमेत कटौती गरिदिएको छ ।

मेयर सिंहले भने संघीय सरकारले महानगरसँग कुनै समन्वय वा परामर्श नगरी जबरजस्ती कर्मचारी खटाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री बालेन शाहकै अघिल्लो अनुभव स्मरण गर्दै अहिले आफूले पनि उस्तै संघर्ष गर्नुपरेको टिप्पणी गरे । ‘सरकार फेरियो, तर संघको कार्यशैली फेरिएन,’ उनले असन्तुष्टि व्यक्त गरे । महानगरले यस विषयमा मन्त्रालयलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै पत्र पठाए पनि त्यसको प्रतिउत्तरस्वरूप कार्यरत अधिकृतको अधिकार कटौती गरिएको जानकारी पाएको सिंहले बताए । उनका अनुसार खटाइएको भनिएका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म महानगरमा उपस्थित नभएको र औपचारिक जानकारीसमेत प्राप्त नभएको अवस्था छ ।

मेयर सिंहले वीरगंजको आवश्यकता र सन्दर्भ बुझ्ने, स्थायित्वका साथ काम गर्न सक्ने प्रशासकीय नेतृत्व आवश्यक रहेको बताए । ‘बारम्बार आउने–जाने, काममा असहयोग गर्ने हाकिमले जनताको सेवा सम्भव हुँदैन,’ उनले भने, ‘जनताले निर्वाचित गरेको प्रतिनिधि भएर काम गर्ने जिम्मेवारी हाम्रो हो, तर काम गर्नै नसक्ने अवस्था किन सिर्जना गरिन्छ ?’

निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णलाई पूर्ण जिम्मेवारी दिने उद्देश्यले काममा लगाइएको भएपनि उनको अधिकार कटौती गरिएको विषय सञ्चार माध्यमबाट थाहा पाएको सिंहको भनाइ छ । उनले यस्तो कदमले महानगरको दैनिक प्रशासनिक कार्यसम्पादनमा गम्भीर असर परेको बताए ।

उनका अनुसार आर्थिक अधिकार हटाइएपछि कर्मचारीलाई तलब वितरण गर्नसमेत कठिन भएको छ भने अन्य प्रशासनिक निर्णयहरू प्रभावित भएका छन् । ‘राजमार्ग विस्तारजस्ता काममा आवश्यक पत्राचार गर्नसमेत समस्या भएको छ,’ उनले बताए । साथै, कर्मचारीहरू केन्द्र र अख्तियारको डरले निर्णय लिन हिच्किचाउने अवस्था सिर्जना भएको उनको गुनासो छ ।

महानगरपालिकामा सहसचिव तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने प्रावधानअनुसार यस्तो पदमा नियुक्ति मन्त्रिपरिषद्बाट हुने र उनीहरूको अधिकारसमेत संघीय सरकारद्वारा निर्धारण हुने व्यवस्था रहेको छ । यही संरचनाभित्र समन्वय अभावले उत्पन्न विवादले अहिले वीरगंज महानगरको प्रशासनिक कामकाज प्रभावित बनेको छ ।

Tags: ‘सरकार फेरियो तर शैली फेरिएन’ : संघीय हस्तक्षेप कि प्रशासनीक अडान ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि