Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इन्धन मूल्यवृद्धि : सरकारको मौनता र नागरिकमाथि बढ्दो बोझ !

छिमेकी तथा दक्षिण एसियाली मुलुकहरूले यही संकटमा आफ्ना नागरिकलाई राहत दिन अनुदान, कर कटौती र प्रभावकारी मूल्य नियन्त्रण नीति अपनाएका छन् । तर नेपालमा भने इन्धनलाई राजस्व संकलनको प्रमुख स्रोतका रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी देखिन्छ । यो दीर्घकालीन रूपमा न त अर्थतन्त्रका लागि लाभदायक छ, न त जनताका लागि न्यायपूर्ण ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
बैशाख ४, २०८३
‘सरकारको कर छुट, निगमको मूल्यवृद्धि’ पेट्रोलियम पदार्थ महङ्गीः राहतको नाममा जनतालाई झुक्याइँयो

नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि कुनै नयाँ विषय होइन, तर पछिल्लो समय देखिएको असामान्य वृद्धि र त्यसप्रति सरकारको मौनता गम्भीर चिन्ताको विषय बनेको छ । अन्तर्राष्ट्रिय बजारको बहाना दिँदै पटक–पटक मूल्य बढाउने प्रवृत्तिले आम नागरिकको दैनिकीमा प्रत्यक्ष असर पारिरहेको छ, तर यसको स्पष्ट जवाफदेहिता न त सरकारबाट आएको छ, न त सम्बन्धित निकायबाट ।

विगतमा मूल्यवृद्धिको विरोधमा चर्को आवाज उठाउने राजनीतिक नेतृत्व आज सत्तामा पुगेपछि मौन देखिनु झन् विडम्बनापूर्ण छ । जब विपक्षमा रहँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई जनविरोधी निर्णय भन्दै आलोचना गरिन्थ्यो, त्यही नेतृत्व अहिले आफ्नै शासनकालमा लगातार मूल्य बढ्दा चुप बस्नुले राजनीतिक नैतिकतामाथि नै प्रश्न खडा गरेको छ । जनताले परिवर्तनको आशामा दिएको मतको प्रतिफल के यही हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको, भारतीय आपूर्तिकर्ताबाट महँगोमा तेल आएको र घाटा बढिरहेको जस्ता तर्क अघि सार्दै आएको छ । तर, यस्ता ‘रेडिमेड’ जवाफले अब जनतालाई सन्तुष्ट पार्न सक्दैन । किनकि प्रश्न केवल मूल्य बढेको होइन, मूल्य निर्धारण प्रक्रिया कति पारदर्शी छ भन्ने हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा किन तुरुन्तै उपभोक्तालाई राहत दिइँदैन ? किन मूल्य घटाउन ढिलाइ हुन्छ ? यस्ता प्रश्नहरू अझै अनुत्तरित छन् ।

अझ गम्भीर कुरा के छ भने नेपाल र भारतबीच इन्धन मूल्यमा देखिएको ठूलो अन्तरले नयाँ समस्या सिर्जना गरेको छ । सीमावर्ती बजारहरूमा पेट्रोल र डिजेल नेपाली बजारभन्दा निकै सस्तो हुँदा तस्करी र अवैध कारोबारको जोखिम बढेको छ । खुला सिमानाको फाइदा उठाउँदै सस्तो इन्धन भर्न भारतीय बजारतर्फ नेपाली सवारीसाधनको ओइरो लाग्नु केवल आर्थिक असन्तुलनको संकेत मात्र होइन, यो राज्यको नीतिगत कमजोरीको प्रत्यक्ष परिणाम हो ।

सरोकारवालाहरूले उठाएको अर्को महत्वपूर्ण प्रश्न मूल्य स्थिरीकरण कोषको प्रयोगसँग जोडिएको छ । उपभोक्ताबाटै संकलित अर्बौं रुपैयाँ कोषमा थन्क्याएर संकटको बेला प्रयोग नगर्नु कस्तो नीति हो ? जब बजार अस्थिर हुन्छ, त्यही बेला नागरिकलाई राहत दिनुपर्ने हो । तर, सरकार उल्टै कर छुटको घोषणा गरेर तुरुन्तै मूल्य बढाउने विरोधाभासी कदम चालिरहेको छ, जसले ‘राहत’ भन्ने शब्दलाई नै खोक्रो बनाइदिएको छ ।

अर्थतन्त्रको मेरुदण्ड मानिने इन्धनको मूल्यवृद्धिले यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्म सबै क्षेत्रमा महँगी बढाउँछ । यसको प्रत्यक्ष असर निम्न र मध्यम वर्गीय नागरिकमा पर्छ, जसको आम्दानी स्थिर छ तर खर्च निरन्तर बढिरहेको छ । यस्तो अवस्थामा सरकारको दायित्व केवल मूल्य समायोजन गर्नु मात्र होइन, नागरिकलाई सहुलियत दिने वैकल्पिक उपाय खोज्नु पनि हो ।

छिमेकी तथा दक्षिण एसियाली मुलुकहरूले यही संकटमा आफ्ना नागरिकलाई राहत दिन अनुदान, कर कटौती र प्रभावकारी मूल्य नियन्त्रण नीति अपनाएका छन् । तर नेपालमा भने इन्धनलाई राजस्व संकलनको प्रमुख स्रोतका रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी देखिन्छ । यो दीर्घकालीन रूपमा न त अर्थतन्त्रका लागि लाभदायक छ, न त जनताका लागि न्यायपूर्ण ।

अर्कोतर्फ, भारतमाथिको पूर्ण निर्भरता पनि समस्या जरो हो । विकल्पका रूपमा अन्य देशबाट आयात, ऊर्जा विविधीकरण र स्वदेशी स्रोत (जस्तै विद्युत्त) को अधिकतम प्रयोगतर्फ सरकारले गम्भीर पहल गर्न आवश्यक छ । विद्युतीय सवारी र उपकरणमा सहुलियत दिएर आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ, तर यसतर्फ ठोस नीतिगत प्रतिबद्धता अझै देखिएको छैन । सबैभन्दा महत्वपूर्ण कुरा, सरकारले अब स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । आयल निगमलाई अगाडि सारेर जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति बन्द हुनुपर्छ । यदि मूल्यवृद्धि अपरिहार्य हो भने त्यसका आधार, तथ्य र दीर्घकालीन योजना जनतासमक्ष पारदर्शी रूपमा राखिनुपर्छ ।

अन्यथा, मूल्यवृद्धिको बोझले थिचिएको जनताको असन्तुष्टि केवल विरोध प्रदर्शनमा सीमित रहने छैन यसले राज्यप्रतिको विश्वास नै कमजोर बनाउनेछ । अहिलेको आवश्यकता मूल्य बढाउने होइन, विश्वास पुनःस्थापित गर्ने हो ।

Tags: नेपाल आयल निगम
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि