Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

वीरगंज (पर्सा), ३० चैत । वीरगंजमा नेपाल प्रहरीका जवान विकास चौरसियाको हत्या प्रकरणमा एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया पत्नी सोनी कुमारी, बारा जिल्लाको महागढीमाई नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारतको उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापति रहेका छन् ।

प्रहरीका अनुसार सन्तोष र सोनी श्रीमान् श्रीमती हुन् भने विशाल सन्तोषका नातामा पर्ने भाइ र ओमवीर उनका साथी हुन् । पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई सप्तरीमा कार्यरत प्रहरी जवान चौरसिया विदामा घर आएका थिए । आइतबार साँझ वीरगंज महानगरपालिका–९ श्रीपुर (रानीघाट क्षेत्र) स्थित भारतीय कूटनीतिक नियोग पछाडिको एक घरमा उनलाई कुटपिट गरी हत्या गरिएको हो ।

अनुसन्धानका क्रममा चौरसिया र सन्तोषकी पत्नी सोनीबीच विवाहेतर सम्बन्ध रहेको खुलेको छ । उक्त सम्बन्धबारे थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । सोही योजना अनुसार सन्तोषले आफ्ना साथीहरू विशाल र ओमवीरलाई कोठामा बोलाएका थिए । त्यसपछि सन्तोषले पत्नी सोनीमार्फत चौरसियालाई फोन गरेर कोठामा बोलाएका थिए ।

सोनीको बोलावटपछि कोठामा पुगेका चौरसियामाथि चारैजनाले मिलेर रड प्रहारसहित कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको थियो । मृतक चौरसिया उक्त स्थानमा किन पुगेका थिए भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: प्रहरी जवान विकास चौरसिया हत्या
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि