Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामुहिक कुटपिट एवं रड प्रहारबाट प्रहरीको मृत्युः डेरामा भएको विवादले लियो ज्यान, चारजना पक्राउ

रौतहट कटहरिया घर भई वीरगंज–९ भारतीय दूतावास पछाडि डेरा गरी बस्दै आएकी एक महिलाको कोठामा साँझ करिब ५ बजेतिर पुगेका प्रहरी कर्मचारी चौरसिया र ती महिलाका श्रीमान्‌बीच सुरु भएको विवादले चर्को रूप लिँदा घटना घटेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८२
सामुहिक कुटपिट एवं रड प्रहारबाट प्रहरीको मृत्युः डेरामा भएको विवादले लियो ज्यान, चारजना पक्राउ

वीरगंज (पर्सा), २९ चैत । पर्साको वीरगंज महानगरपालिका वडा नं. ९ श्रीपुरस्थित एक घरमा पुगेका प्रहरी कर्मचारीमाथि भएको कुटपिट तथा रड प्रहारबाट मृत्यु भएको छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुड्ली निवासी २७ वर्षीय प्रहरी विकास चौरसियाको सोही घटनामा ज्यान गएको पुष्टि भएको छ ।

स्थानीयका अनुसार, रौतहट कटहरिया घर भई वीरगंज–९ भारतीय दूतावास पछाडि डेरा गरी बस्दै आएकी एक महिलाको कोठामा साँझ करिब ५ बजेतिर पुगेका प्रहरी कर्मचारी चौरसिया र ती महिलाका श्रीमान्‌बीच सुरु भएको विवादले चर्को रूप लिँदा घटना घटेको हो । विवाद उग्र बनेपछि श्रीमान् सहित ३/४ जनाको समूहले चौरसियामाथि निर्ममतापूर्वक कुटपिट गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार, समूहले प्रहरी चौरसियालाई कोठामै थुनेर निर्घात कुटपिट गर्नुका साथै टाउकोको पछाडि रडले प्रहार गरेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो । ति महिलाका श्रीमान् वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै फर्किएका थिए । श्रीमान् सहित अन्य तीनचार जना युवक सँगै रहेको अवस्थामा प्रहरी चौरसिया ति महिलाको डेरामा पुगेका थिए । सोही बखत उनीमाथि आक्रमण भएको थियो ।

घटनापछि तत्काल पुगेको पर्सा प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जना पुरुष र एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार मृतक चौरसिया प्रहरी कर्मचारी रहेको पुष्टि भइसकेको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी छ ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये डेरामा बस्दै आएकी महिला, उनका श्रीमान् तथा अन्य दुई जना युवक रहेका छन् । घटनास्थलमा मुचुल्का उठाउने क्रममा कुटपिटमा संलग्न अन्य केही युवकलाई घरधनीले भगाएको आरोप लागेपछि घरधनीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतक चौरसियाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

Tags: घरमै थुनेर सामुहिक कुटपिट एवं रड प्रहारः प्रहरी चौरसियाको मृत्यु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि