Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भेपभित्र सुन तस्करी काण्डः पूर्वसभामुख सहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८२
भेपभित्र सुन तस्करी काण्डः पूर्वसभामुख सहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग

काठमाडौँ, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयसँग जोडिएको बहुचर्चित सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो कदम चालेको छ । पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा सहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ, जसले प्रकरणलाई थप गम्भीर मोडमा पुर्‍याएको छ ।

अख्तियारले भन्सार प्रशासनतर्फ प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल, साथै भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठलाई प्रत्यक्ष संलग्न देखाउँदै मुद्दा चलाएको छ । यससँगै नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेल पनि आरोपको घेरामा परेका छन् ।

यस प्रकरणमा महरा र उनका छोरा राहुलसँगै निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा दायर गरिएको छ । त्यस्तै प्रेरणा थापा, ललिता थापा, दिपिका थापा लगायत विदेशी नागरिकहरू चिनियाँ लि हाङ सोङ, दोजिङ वाङ, बेल्जियमका दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ पनि अभियोगमा समेटिएका छन् । डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि विरुद्ध समेत कारबाही अघि बढाइएको छ ।

यो प्रकरणको जरो १० पुस २०७९ मा देखिएको थियो, जब फ्लाई दुबईमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले दुई वटा सुटकेसभित्र ७३० वटा इलेक्ट्रोनिक चुरोट (भेप) ल्याएका थिए । ती भेपभित्र सुन लुकाएर तस्करी गरिएको र त्यसमा भन्सार कर्मचारीहरूको मिलेमतो रहेको अख्तियारको ठहर छ । शंकास्पद वस्तुको अनिवार्य भौतिक जाँच नगरी तस्करहरूसँगको साँठगाँठमा चेकजाँच नै टारिएको आरोप पनि लगाइएको छ ।

अख्तियारका अनुसार बरामद सामग्रीलाई नियमअनुसार गोदाममा राख्नुपर्नेमा त्यसो नगरी प्रमुख भन्सार अधिकृतकै कार्यकक्षमा राखिएको थियो । यसबीच सुन छुटाउने समूहसँग अस्वाभाविक भेटघाट र बारम्बार फोन सम्पर्क भएको तथ्य पनि अनुसन्धानले देखाएको छ । अझ गम्भीर कुरा के भने, शंकास्पद सामग्री करिब १९ दिनसम्म भन्सारमै रोकेर पछि मात्र मुद्दा तथा लिलामी शाखामा पठाइएको र त्यस अवधिमा सीसीटीभी कभरेज नभएको स्थानमा सारिएको आरोप छ ।

अख्तियारले यो प्रकरणमा ८ किलो ४८० ग्राम सुन तस्करी भएको निष्कर्ष निकाल्दै करिब ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबरको हिनामिना भएको दाबी गरेको छ । भन्सारका कर्मचारीहरूलाई प्रत्यक्ष भ्रष्टाचारको आरोप लगाइएको छ भने महरा, उनका छोरा राहुल लगायतलाई मतियारको रूपमा अभियुक्त बनाइएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा महरासहितका प्रतिवादीसँग ७ करोड ७८ लाख रुपैयाँ बिगो माग गरिएको छ । चिनियाँ गिरोहसँगको सम्बन्ध र आर्थिक कारोबारको प्रमाण फेला परेपछि मात्रै मुद्दा अघि बढाइएको जनाइएको छ । २०७९ सालमै भेपको आवरणमा सुन भित्र्याउने प्रयास भन्सारमै समातिएपछि सुरु भएको अनुसन्धानले अन्ततः उच्च तहसम्मको संलग्नता उजागर गरेको हो । यस घटनाले नेपालमा संगठित सुन तस्करी र प्रशासनिक मिलेमतोबारे गम्भीर प्रश्न उठाएको छ ।

Tags: बहुचर्चित सुन तस्करी प्रकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि