Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०८२
मधेश प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

जनकपुर, २३ चैत । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय समस्या उत्पन्न हुने अवस्थामा आएको मधेश प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ । सो मन्त्रालयद्वारा सोमबार जनकपुरधाम आयोजित पत्रकार सम्मेलनमा प्रदेशका अर्थमन्त्री महेश यादवले मधेश प्रदेशमा अहिलेसम्म रु १० अर्ब ३८ करोड आम्दानी हुनुपर्नेमा हालसम्म रु चार अर्ब २५ करोड मात्र आम्दानी भएको बताए । साथै अन्य शीर्षकमा समेत आम्दानी न्यून भएको उनको भनाइ थियो ।

चालु आर्थिक वर्षको बजेटको आकार अहिलेसम्म सबैभन्दा ठूलो रहेको तर त्यो बजेटका लागि आम्दानी न्यून रहेको मन्त्री यादवले बताए । ‘चालु आर्थिक वर्षको बजेटको आकार रु ४६ अर्ब ९८ करोड रहेको छ, तर त्यसका लागि रु ३० अर्बभन्दा बढी बजेट प्राप्त हुने अवस्था छैन’, विज्ञप्तिमा उल्लेख छ । चालु आर्थिक वर्षको बजेट रु १७ अर्ब घाटामा जाने स्थिति रहेको उल्लेख गर्दै मन्त्री यादवले चालु आवमा स्वीकृत गरिएका सबै क्रियाकलाप तथा विकास निर्माणका कार्ययोजना कार्यान्वयन हुने अवस्थामा नरहेको तथा प्रदेश वित्तीय संकटमा पर्ने अवस्था रहेको बताए ।

प्रदेश सरकारको आम्दानी न्यून भएकाले प्रशासनिक खर्च कम गर्ने तथा आवश्यक नरहेका विलासिताका सामाग्री खरिद तथा सानाखालका टुक्रे योजना बन्द गरिएको बताइएको छ । साथै विगतमा सम्पन्नभई भुक्तानी बाँकी रहेको आयोजना, अधुरा एवं क्रमागत आयोजना, मर्मतसम्भारसम्बन्धी आयोजना र विपद् व्यवस्थापनसम्बन्धी आयोजनाबाहेक रु दश लाखभन्दा घटीका आयोजना रोक्का राखिएको विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेश सरकारको हालसम्म पुँजीगत खर्च आठ प्रतिशत तथा चालूगत खर्च रु २४ प्रतिशत भएको विज्ञप्तिमा उल्लेख छ । चालु आवको सबै स्वीकृत क्रियाकलाप कार्यान्वयन गर्ने हो भने सिर्जित दायित्व भुक्तानी गर्न नसकी प्रदेश सरकार वित्तीय संकटमा पर्ने अवस्थामा रहेको मन्त्री यादवको भनाइ छ ।

नेपाल सरकारबाट भएको प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश अन्य छवटा प्रदेशको तुलनामा पछाडि परेको भनी सार्वजनिक भएको तथा मधेश प्रदेशलाई तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा न्यून वित्त प्राप्त भइरहेको बताइएको छ । साथै मधेश प्रदेशलाई अन्याय हुनेगरी वित्तीय समानीकरण अनुदान वितरण सम्बन्धमा भएको विभेदपूर्ण नीतिगत व्यवस्था हटाउनुपर्ने उनको माग रहेको छ ।

पत्रकारको एक प्रश्नको जवाफमा रु २५ लाखभन्दामाथिको विकास योजनाका कार्यहरूलाई टेण्डरमार्फत गराउने मधेश प्रदेश सरकारको प्रावधान रहेको छ । सो अवसरमा अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले अर्थ मन्त्रालयबाट कुनै किसिमको बजेटको दुरुपयोग नभएको स्पष्ट गरे । रासस

Tags: मधेश प्रदेश सरकार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि