Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एसईई परीक्षा: पर्साबाट १०,७०३ विद्यार्थी सहभागी, परीक्षणका लागि उत्तरपुस्तिका अन्य ठाउँ नपठाइने

चैत १९ गते देखि सुरु भएको एसइइ परिक्षा चैत २९ गते सकिने कार्यतालिका छ । यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र कपी जाँच गरिसक्ने योजना छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १९, २०८२
एसईई परीक्षा: पर्साबाट १०,७०३ विद्यार्थी सहभागी, परीक्षणका लागि उत्तरपुस्तिका अन्य ठाउँ नपठाइने

एसईई परीक्षा दिँदै विद्यार्थी । रासस

वीरगंज (पर्सा), १९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परिक्षा दिएकाछन् । चैत १९ गते देखि सुरु भएको एसइइ परिक्षा चैत २९ गते सकिने कार्यतालिका छ । यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र कपी जाँच गरिसक्ने योजना छ ।

यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा पनि रोक लगाएको छ ।

परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । सोही समितिले मात्रै परिक्षाको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

यसबर्ष पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी परिक्षामा सहभागी छन् । पर्सा जिल्लाका ७० वटा सामुदायिक र ८३ वटा संस्थागत समेत १५३ वटा विद्यालयबाट कुल १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोे शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ ।

यसैविच माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको खबर प्राप्त भएको छ । बिहीबारदेखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।

यस वर्षको उत्तरपुस्तिका अन्य जिल्लामा नपठाइने
संघीय सरकारको निर्धेशन अनुसार पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका अब बाहिर जिल्लामा नपठाइने भएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ । सो अनुसार उत्तर पुस्तिका परिक्षणका लागि जिल्ला बाहिर नपठाउने भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्साका इकाइ प्रमुख मोतीप्रसाद भट्टराइका अनुसार उत्तर पुस्तिका जाँच्न परीक्षण केन्द्रका रूपमा पर्सामा चारवटा केन्द्र तय भएको छ । जसमा नृसिंह मावि, सिद्धार्थ मावि, श्री नेरामवि श्रीपुर र त्रिजुद्ध मावि चयन रहेका छन् । परीक्षा सम्पन्न भएलगत्तै उत्तरकापी यही चारवटा परीक्षण केन्द्रमा पठाइने बताइएको छ ।

त्यसपछि छनौट भएका विषयगत शिक्षकले उक्त उत्तरपुस्तिकाको जाँच गर्ने व्यवस्था मिलाइएको छ । प्रत्येक विषयका लागि ५५ जना विषयगत शिक्षक छनोट गरिएको इकाई प्रमुख भट्टराइले जानकारी गराएका छन् । छनोट गरिएका शिक्षकहरूले तीन दिनभित्र कपी जाँच सक्नुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीयस्तरमै कपी परीक्षण गर्ने नयाँ मोडेलले समय बचत हुनुका साथै नतिजा छिटो सार्वजनिक गर्न सहज हुने विश्वास गरिएको छ । उत्तरपुस्तिका जाँच गर्ने शिक्षकको मोबाइल भने बाहिर राख्ने र कसैसंग सम्पर्कमा बस्न नदिने कडा नीति लिइएको शिक्षा विकास तथा समन्वय इकाइ समितिले जनाएको छ ।

Tags: एसईई परीक्षामा पर्साबाट १० हजार ७०३ विद्यार्थी सहभागी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि