Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छात्रामाथि अनैतिक कार्यको दबाबः मधेश विश्वविद्यालयका अधिकृत गद्दी पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०८२
छात्रामाथि अनैतिक कार्यको दबाबः मधेश विश्वविद्यालयका अधिकृत गद्दी पक्राउ

Pic. AI

वीरगंज (पर्सा), १८ चैत । मधेश विश्वविद्यालयमा कार्यरत एक कर्मचारीमाथि छात्रामाथि अनैतिक सम्बन्धका लागि दबाब दिएको गम्भीर आरोप लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विश्वविद्यालयको डिन कार्यालयमा कार्यरत छैठौँ तहका अधिकृत मोहम्मद राजु राउत गद्दी रहेका छन् ।

बि.ए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत एक छात्रासँग सुरुमा सहयोग गर्ने बहाना बनाउँदै नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाएर मानसिक दबाब सिर्जना गरेका थिए । छात्राले प्रस्ताव अस्वीकार गरेमा परीक्षामा अंक घटाइदिने धम्की र स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभनसमेत दिएको उजुरीमा उल्लेख छ ।

पीडित छात्राले चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक उजुरी दर्ता गराएपछि घटनाले मोड लिएको थियो । उजुरीपछि फरार रहेका गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले खोजी गरी अन्ततः नियन्त्रणमा लिएको हो ।

घटनाबारे पर्सा प्रहरीले हालसम्म कुनै स्पष्ट आधिकारिक विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले विषय संवेदनशील भएकाले तत्काल केही बोल्न नसकिने बताएका छन् । यद्यपि, पक्राउ परेका गद्दीलाई बिहीबार जिल्ला अदालत पर्सामा उपस्थित गराइएको जानकारी बाहिरिएको छ, तर उनीविरुद्ध के कस्ता मुद्दा दर्ता भए भन्नेबारे अझै अस्पष्टता कायम छ ।

यस प्रकरणले पर्सा प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ । सर्वसाधारणको हकमा तुरुन्तै सार्वजनिक गर्ने प्रचलन भएपनि यस घटनामा भने आरोपीलाई सार्वजनिक नगरिनु राजनीति प्रभावका कारण भएको हुन सक्ने चर्चा चुलिएको छ । श्रोतका अनुसार गद्दी मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीका आफन्त रहेको बताइएको छ ।

यता, घटनाले विश्वविद्यालय प्रशासनलाई समेत झस्काएको छ । उपकुलपति डा. दीपक बहादुर शाक्यले जारी गरेको विज्ञप्तिमा औपचारिक लिखित उजुरी नआएपनि सञ्चारमाध्यममा आएका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आरोपितको गतिविधि कानुनविपरीत र पदीय जिम्मेवारीको दृष्टिले गम्भीर भएको औंल्याउँदै निष्पक्ष र पारदर्शी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Tags: मधेश विश्वविद्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि