Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखराको जंगलमा ‘ड्रग्स पार्टी’: मध्यरातमा प्रहरीको छापा, विदेशीसहित ३८ जना युवायुवती पक्राउ

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उक्त घर पोखरा-१८ का कृष्ण पराजुलीको पुरानो घर हो, जसलाई बमेन्द्र पुनसहितको समूहले भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेको थियो । छापाको क्रममा त्यहाँ लागुऔषधको खुलेआम कारोबार र सेवन भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०८२
पोखराको जंगलमा ‘ड्रग्स पार्टी’: मध्यरातमा प्रहरीको छापा, विदेशीसहित ३८ जना युवायुवती पक्राउ

पोखरा (कास्की), १७ चैत । पोखराको एकान्त जंगलछेउमा लुकेर आयोजना गरिएको ‘ट्रान्स पार्टी’माथि प्रहरीले मध्यरातमै ठूलो अपरेशन चलाएको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित बस्तीभन्दा टाढाको सुनसान घरमा स्वदेशी तथा विदेशी युवायुवतीहरू रमाइरहेको बेला आकस्मिक छापा मारिएको हो । प्रहरीले चारैतिरबाट घेरा हालेर छापा मार्दा अवैध रूपमा सञ्चालन भइरहेको उक्त पार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये १२ जनाविरुद्ध कानुनी कारबाही अघि बढाउने तयारी गरिएको छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उक्त घर पोखरा–१८ का कृष्ण पराजुलीको पुरानो घर हो, जसलाई बमेन्द्र पुनसहितको समूहले भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेको थियो । छापाको क्रममा त्यहाँ लागुऔषधको खुलेआम कारोबार र सेवन भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ । ‘हामीले मध्यरातमै घेरा हालेर छापा मार्यौं, त्यसक्रममा लागुऔषधको बिक्री वितरण र सेवन भइरहेको स्पष्ट देखियो,’ एसपी कार्कीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ८ जनाको साथबाट विभिन्न प्रकारका लागुऔषध फेला परेको छ । तीमध्ये ६ जना विदेशी नागरिक रहेका छन् भने बाँकी स्वदेशी हुन् । प्रारम्भिक जाँच (स्क्रिनिङ)का क्रममा उनीहरूको साथबाट उच्च श्रेणीका लागुऔषध बरामद भएको हो । बरामद गरिएको पदार्थमा एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खात, खैरो हेरोइनजस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन समूह), गाँजा, म्याजिक मसरुम, एलएसडी कागज तथा तरल पदार्थसमेत रहेको प्रहरीले जनाएको छ ।

‘यस्ता उच्चस्तरका लागुऔषध सामान्य अवस्थामा विरलै भेटिन्छन्,’ एसपी कार्कीले भने, ‘केही झोलामा, केही ठोस रूपमा तयारी अवस्थामा राखिएको थियो ।’ लागुऔषधबाहेक प्रहरीले नगद रकम र मोबाइल फोन पनि बरामद गरेको छ । पक्राउ परेकामध्ये केहीमाथि लागुऔषधसम्बन्धी मुद्दा र चार जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइने तयारी गरिएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा, ब्राजिलका ४८ वर्षीय चार्ल्स गुवाइवा लगायतका विदेशी नागरिकसहित नेपाली युवायुवतीहरू विशाल परियार, आशिष दर्जी, बमेन्द्र पुन, सौरभ महरा, निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार र लोकबहादुर घर्तीमगरमाथि पनि मुद्दा चलाइने भएको छ ।

एसपी कार्कीले भने, ‘कम उमेरदेखि पाको उमेरसम्मका मानिसहरू एउटै स्थानमा भेला भएर खुलमखुला लागुऔषध प्रयोग गर्दै रमाइरहेका थिए । यस्तो गतिविधि कानुनविरुद्ध हो र सह्य छैन ।’ प्रहरीका अनुसार उक्त ट्रान्स पार्टी तीन दिनसम्म सञ्चालन गर्ने तयारीसहित आयोजना गरिएको थियो । नेपालमा यस्तो प्रकारको पार्टी अवैध मानिन्छ । यसअघि पनि पोखराकै एक पाँचतारे होटलमा यस्तै कार्यक्रम भएको घटना सार्वजनिक भइसकेको छ ।

Tags: एकान्त घरमा ड्रग्स पार्टी: विदेशीसहितको ड्रग्स नेटवर्क पोखरामा सक्रिय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि