Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठमेलमा विदेशी ‘सेक्स र्‍याकेट’ को पर्दाफास : भिजिट भिसाकी २० युगान्डाली महिला पक्राउ

राजधानीको ‘हर्ट’ मानिने ठमेल, जहाँ दिनरात पर्यटकको चहलपहल रहन्छ, त्यही क्षेत्रमा रात पर्दै जाँदा फरक खालका गतिविधि मौलाउन थालेका छन् । चम्किलो बत्ती र पर्यटकमैत्री वातावरणको आवरणभित्र लुकेका यस्ता गतिविधिले ठमेलको छवि नै धुमिल बनाउने संकेत देखिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०८२
ठमेलमा विदेशी ‘सेक्स र्‍याकेट’ को पर्दाफास : भिजिट भिसाकी २० युगान्डाली महिला पक्राउ

काठमाडौँ, १२ चैत । काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेल पछिल्लो समय अवाञ्छित गतिविधिका कारण असुरक्षित बन्दै गएको पाइएको छ । विशेषगरी पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरू नै गैरकानुनी तथा अनैतिक क्रियाकलापमा संलग्न देखिएपछि सुरक्षा चुनौती थप गहिरिएको छ । राजधानीको ‘हर्ट’ मानिने ठमेल, जहाँ दिनरात पर्यटकको चहलपहल रहन्छ, त्यही क्षेत्रमा रात पर्दै जाँदा फरक खालका गतिविधि मौलाउन थालेका छन् । चम्किलो बत्ती र पर्यटकमैत्री वातावरणको आवरणभित्र लुकेका यस्ता गतिविधिले ठमेलको छवि नै धुमिल बनाउने संकेत देखिएको छ ।

प्रहरी स्रोतका अनुसार राति ११ बजेसँगै सडक सुनसान हुन थालेपछि केही समूह सक्रिय हुने गरेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरले संयुक्त रूपमा ‘सप्राइज अपरेशन’ सञ्चालन गरेको थियो । उक्त अपरेशनमा पर्यटक भिसामा नेपाल आएका २० जना युगान्डाली महिलालाई पक्राउ गरिएको छ, जो यौन व्यवसायमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका महिलाहरूको उमेर २४ देखि ४७ वर्षसम्म रहेको छ । उनीहरू सबै तीन महिनाको भिजिट भिसामा नेपाल आएको र आपसमा चिनजान भएको समेत खुलेको छ ।

आर्थिक रूपमा कमजोर पारिवारिक अवस्थाका कारण विदेशिएको उनीहरूले नेपालमा आएपछि विभिन्न होटलमा बस्दै यौन व्यवसाय सञ्चालन गरेको बयान दिएका छन् । अनुसन्धानमा उनीहरू दिनको समयमा निष्क्रिय रहने तर राति मात्र सक्रिय हुने गरेको देखिएको छ । विशेषगरी मादक पदार्थ सेवन गरेका पुरुषहरूलाई लक्षित गर्दै उनीहरूले सडकमै जिस्क्याउने, बार्गेनिङ गर्ने र ग्राहकलाई होटल वा एकान्त स्थानसम्म लैजाने गरेको पाइएको छ । न्यूनतम १५ सय रुपैयाँबाट कारोबार सुरु हुने गरेको समेत खुलेको छ ।

प्रहरीले जनाएको अनुसार यस्ता गतिविधि केवल सडकमा सीमित छैनन् । विभिन्न अनलाइन प्लेटफर्ममार्फत समेत यौन सेवाको प्रचारप्रसार हुने गरेको भेटिएको छ । सामाजिक सञ्जाल र वेबसाइटहरूमा युवतीहरूको फोटो, सम्पर्क विवरण र सेवा सम्बन्धी जानकारी राखी ग्राहकसँग अग्रिम रकम लिएर ‘बुकिङ’ गर्ने संगठित सञ्जाल सक्रिय रहेको संकेत मिलेको छ । हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमा यौन व्यवसाय कानुनी रूपमा प्रतिबन्धित भएपनि ठमेल क्षेत्रमा यसले ‘ओपन सेक्रेट’ जस्तो रूप लिँदै गएको देखिन्छ । भिजिट भिसाको दुरुपयोग गर्दै यस्ता गतिविधि सञ्चालन हुनु अध्यागमन प्रणाली र सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाउने विषय बनेको छ । ठमेलको साख जोगाउनु केवल प्रहरीको दायित्व मात्र नभई यहाँका व्यवसायी, होटल सञ्चालक र स्थानीय समुदायको पनि उत्तिकै जिम्मेवारी हो । पर्यटनमा निर्भर अर्थतन्त्रका लागि यस्ता घटनाले दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकायले कडा निगरानी र प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्नु अत्यावश्यक देखिएको छ ।

Tags: अनलाइनदेखि होटलसम्म विदेशी महिलाको ‘सेक्स नेटवर्क’
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि