Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २६, २०८२
पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत

वीरगंज (पर्सा), २६ फागुन । पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. १ र २ सहित सबै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएका गद्दी बस्ने वीरगंज महानगरपालिका वडा नं. १३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ले जम्मा ३९ मत मात्रै प्राप्त गरेको हो ।

आफूलाई पार्टीका वरिष्ठ नेता बताउँदै आएका लालबाबु राउतको यस्तो नतिजा देखेर पार्टीभित्रैका नेताहरू पनि आश्चर्यचकित भएका छन् । गद्दीसँगै पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको जमानत जफत भएपछि दुबै नेताको जनाधार कति रहेको भन्ने विषय थप स्पष्ट भएको चर्चा भइरहेको छ ।

यता, जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका उम्मेदवार यादव बस्ने वीरगंज महानगरपालिका वडा नं. २८ मा पनि ‘छाता’लाई जम्मा २५ मत मात्रै प्राप्त भएको बताइएको छ । पार्टीभित्रका केही नेताहरूका अनुसार मधेश प्रदेशका विवादित पूर्व मुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचार आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा जसपा नेपालको संगठन कमजोर बनेको हो ।

एक समय पर्सामा पहिलो पार्टी बनेको जसपा नेपालको संगठन अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेका बेला आफूलाई मधेशको ‘मसीहा’ भन्दै आएका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कमजोर बन्दै गएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । पर्सालाई जसपा नेपालको बलियो गढ मानिँदै आएपनि अध्यक्ष यादव र पूर्वमुख्यमन्त्री गद्दीको नेतृत्वका कारण पार्टी संगठन कमजोर भएको आरोप पार्टीभित्रै उठिरहेको बताइएको छ ।

यस निर्वाचनले गद्दी र यादवको वास्तविक जनाधार कस्तो रहेको छ भन्ने कुरा स्पष्ट पारेको भन्दै पर्साको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । उनीहरूकै कारण पर्सामा पार्टी कमजोर भएको भन्दै पार्टीभित्र आरोप–प्रत्यारोप पनि बढेको छ । निर्वाचनमा हार–जित स्वाभाविक हुने भन्दै उम्मेदवार यादवले आफ्ना समर्थक र कार्यकर्तालाई ढाडस दिँदै आएका छन् ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि