Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले जसपा नेपाल पर्सा नेशनल मेडिकल कलेज जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा चुनावी सरगर्मी बढ्दै : प्रसौनीका २५० बढी नेताकार्यकर्ता एमालेमा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ८, २०८२
पर्सा-१ मा चुनावी सरगर्मी बढ्दै : प्रसौनीका २५० बढी नेताकार्यकर्ता एमालेमा प्रवेश

वीरगंज (पर्सा), ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीमा करिब २ सय ५० भन्दा बढी स्थानीय नेता–कार्यकर्ता दल परिवर्तन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेसँगै चुनावी गतिविधि तीव्र बनेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो, जनता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमले उक्त वडामा एमालेको संगठनात्मक आधार थप सुदृढ भएको दाबी गरिएको छ ।

वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमकै क्रममा जसपा वडा इकाइ कमिटी अध्यक्ष जमुना यादवको नेतृत्वमा सचिव मनोज कुमार यादव, नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादवलगायत ठूलो संख्यामा नेता–कार्यकर्ता एमालेमा आबद्ध भएका हुन् ।

सम्बोधनका क्रममा नेताहरूले देशको राजनीतिक उतारचढाव र अस्थिरताको सन्दर्भ उठाउँदै स्थायी सरकार, राष्ट्रिय एकता र संविधानको संरक्षणका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूले मतदातालाई एमाले उम्मेदवार प्रदीप यादवलाई विजयी गराउन अपिल गरेका थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले राष्ट्रिय स्वाभिमान र संविधान रक्षा आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै मधेस आन्दोलनदेखि हालसम्मको राजनीतिक यात्रामा आफू जनताको पक्षमा उभिँदै आएको बताए । मधेस आन्दोलनबाट प्राप्त संघीयता र समावेशिताजस्ता उपलब्धिको संरक्षण एमालेकै नेतृत्वमा सम्भव हुने विश्वासका साथ आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो ।

नवप्रवेशीहरूलाई अबीर टीका तथा खादा लगाएर स्वागत गर्दै उनले वडा नम्बर २३ मा पार्टी अझ बलियो बनेको दाबी गरे। क्षेत्र नम्बर–१ मा केही अवसरवादी तत्वहरूले भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले यस निर्वाचनलाई “देश निर्माण र विघटनकारी सोचबीचको प्रतिस्पर्धा” का रूपमा चित्रण गरे ।

यादवले अन्य उम्मेदवारप्रति संकेत गर्दै चुनावका बेला मात्र जनताको दैलोमा पुग्ने र त्यसपछि पाँच वर्ष बेपत्ता हुने प्रवृत्तिको आलोचना गरे । कोरोना महामारी, खानेपानी संकटलगायत कठिन समयमा कसले जनताको साथ दिएको थियो भन्ने प्रश्न मतदाताले स्वयं मूल्यांकन गर्नुपर्ने उनको आग्रह थियो ।

कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव राकेश साहले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, क्षेत्रीय समन्वय कमिटी अध्यक्ष मानदेव हजरा, वडाध्यक्ष अवध कुशवाहा, नेता जलन्धर पटेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

फाल्गुन ८, २०८२
पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

फाल्गुन ८, २०८२
जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

फाल्गुन ८, २०८२
पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

फाल्गुन ८, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि