Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले जसपा नेपाल पर्सा नेशनल मेडिकल कलेज जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

मलङ्गवा (सर्लाही), ७ फागुन । मलंगवामा गोली चल्दा एक किशोर घाइते भएका छन् । सर्लाहीको सदरमुकामस्थित मलंगवा नगरपालिका–४ ढाँका बोडर क्षेत्रमा निर्माणाधीन मन्दिरभित्र फेला परेको पेस्तोल पड्किँदा स्थानीय एक बालकको हातमा चोट लागेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ः३५ बजे उक्त घटना भएको हो ।

प्रहरीका अनुसार स्थानीय बासिन्दा रामविश्वास रायका करिब १५ वर्षीय छोरा आकाश राय घरदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको निर्माणाधीन हनुमान मन्दिर परिसरमा पुगेका थिए । मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि उनले उत्सुकतावश खोलेर हेर्दा त्यसमा पेस्तोल फेला परेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त हतियार नक्कली हो भन्ने ठानी आकाशले चलाउने प्रयास गरेका थिए । तर, अचानक पेस्तोल पड्किँदा उनको दाहिने हातको पञ्जामा गोली लागेर उनी घाइते भएका हुन् । गोली लागेपछि उनी चिच्याउँदै बाहिर निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको नेतृत्वमा टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । घाइते आकाशलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पुर्‍याइएको छ । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । साथै, पड्किएको खोका पेस्तोलमै अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्पबाट करिब एक किलोमिटर पूर्व तथा जिल्ला प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ ।

यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ । निर्माणाधीन धार्मिक स्थलभित्र यसरी हतियार फेला पर्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । पेस्तोल त्यहाँ कसरी र किन राखिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । बालबालिकाले अपरिचित वस्तु नछुने तथा शंकास्पद सामग्री देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउनुपर्ने प्रहरीको जोड छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags: सर्लाहीमा बन्दुक पड्कियो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

फाल्गुन ८, २०८२
पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

फाल्गुन ८, २०८२
जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

फाल्गुन ८, २०८२
पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

फाल्गुन ८, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि