Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ३ मा राजनीति तरङ्ग, जसपाका युवा नेता चौरसिया एमालेमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
पर्सा ३ मा राजनीति तरङ्ग, जसपाका युवा नेता चौरसिया एमालेमा

वीरगंज (पर्सा), ७ फागुन । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका प्रमुखका आकांक्षी तथा जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता मधुसुदन चौरसियाको नेतृत्वमा सयौं नेताकार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् । चौरसियासँगै ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय स्थानीय नेताहरूले पनि एमाले रोजेका छन् ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवप्रवेशीहरूलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर औपचारिक स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई समृद्धि, सुशासन र दिगो विकासतर्फ अघि बढाउन एमाले सक्षम र विश्वासिलो राजनीतिक शक्ति भएको दाबी गरे । उनले नवआगन्तुकहरूको सहभागिताले पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

पार्टी प्रवेश गर्ने नेताहरूले स्थानीय तहदेखि संघीय संरचनासम्म स्थायित्व र विकासका लागि एमाले नेतृत्व अपरिहार्य रहेको धारणा राखेका थिए । उनीहरूले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार रुपेश पाण्डेको विजय सुनिश्चित गर्न आफूहरू सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता जनाए । ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेसँगै पर्सा–३ मा पार्टीको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा विस्तार भएको दाबी गरिएको छ ।

यस राजनीति घटनाक्रमले पर्सा–३ को चुनावी समीकरणमा नयाँ ऊर्जा थपिएको एमाले नेताहरूको भनाइ छ । नवप्रवेशीहरूको साथले उम्मेदवार पाण्डेको जित थप बलियो आधारमा उभिएको दाबीसमेत गरिएको छ । एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय पहल र निरन्तर समन्वयका कारण जिल्लामा पार्टी संरचना सुदृढ हुँदै गएको स्रोतले जनाएको छ । संगठन विस्तार र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन हजरालाई विशेष जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।

चौरसिया नेतृत्वको यो प्रवेशसँगै पर्सामा दलगत पुनर्संरचना तीव्र बन्दै गएको संकेत देखिएको छ । चुनाव नजिकिँदै गर्दा यस्ता सामूहिक प्रवेशहरूले स्थानीय राजनीतिक सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने आँकलन गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

पर्सामा एक महिनामै १६ लागुऔषध मुद्दा, २४ जना पक्राउ

कार्तिक ४, २०८३
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गर्दा पाँचजना नियन्त्रणमा

वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गर्दा पाँचजना नियन्त्रणमा

कार्तिक ४, २०८३
कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि