Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ३ मा राजनीति तरङ्ग, जसपाका युवा नेता चौरसिया एमालेमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
पर्सा ३ मा राजनीति तरङ्ग, जसपाका युवा नेता चौरसिया एमालेमा

वीरगंज (पर्सा), ७ फागुन । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका प्रमुखका आकांक्षी तथा जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता मधुसुदन चौरसियाको नेतृत्वमा सयौं नेताकार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् । चौरसियासँगै ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय स्थानीय नेताहरूले पनि एमाले रोजेका छन् ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवप्रवेशीहरूलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर औपचारिक स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई समृद्धि, सुशासन र दिगो विकासतर्फ अघि बढाउन एमाले सक्षम र विश्वासिलो राजनीतिक शक्ति भएको दाबी गरे । उनले नवआगन्तुकहरूको सहभागिताले पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

पार्टी प्रवेश गर्ने नेताहरूले स्थानीय तहदेखि संघीय संरचनासम्म स्थायित्व र विकासका लागि एमाले नेतृत्व अपरिहार्य रहेको धारणा राखेका थिए । उनीहरूले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार रुपेश पाण्डेको विजय सुनिश्चित गर्न आफूहरू सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता जनाए । ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेसँगै पर्सा–३ मा पार्टीको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा विस्तार भएको दाबी गरिएको छ ।

यस राजनीति घटनाक्रमले पर्सा–३ को चुनावी समीकरणमा नयाँ ऊर्जा थपिएको एमाले नेताहरूको भनाइ छ । नवप्रवेशीहरूको साथले उम्मेदवार पाण्डेको जित थप बलियो आधारमा उभिएको दाबीसमेत गरिएको छ । एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय पहल र निरन्तर समन्वयका कारण जिल्लामा पार्टी संरचना सुदृढ हुँदै गएको स्रोतले जनाएको छ । संगठन विस्तार र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन हजरालाई विशेष जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।

चौरसिया नेतृत्वको यो प्रवेशसँगै पर्सामा दलगत पुनर्संरचना तीव्र बन्दै गएको संकेत देखिएको छ । चुनाव नजिकिँदै गर्दा यस्ता सामूहिक प्रवेशहरूले स्थानीय राजनीतिक सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने आँकलन गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि