Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा १ मा चुनावी माहोल तात्यो, ओमप्रकाश सर्राफको समर्थनमा मन्त्री फिल्डमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
पर्सा १ मा चुनावी माहोल तात्यो, ओमप्रकाश सर्राफको समर्थनमा मन्त्री फिल्डमा

वीरगंज (पर्सा), ७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मधेश प्रदेश सरकारका मन्त्री स्वयं चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन मधेश प्रदेशका मन्त्री दशरथ कुशवाहा सर्राफको समर्थनमा फिल्डमै सक्रिय भएका हुन् । उनले विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै सर्राफलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् । मन्त्री कुशवाहाले जनमत पार्टीको एजेण्डा मधेशको अधिकार, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्सा–१ मा नयाँ नेतृत्वको आवश्यकता औंल्याए ।

युवा उम्मेदवार सर्राफ भने स्पष्ट राजनीतिक एजेण्डा र योजनासहित चुनावी मैदानमा उत्रिएका छन् । उनी रोजगारी सिर्जना, कृषि तथा साना उद्योग प्रवद्र्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विषयलाई प्राथमिकतामा राख्दै मतदातामाझ पुगिरहेका छन् । विशेषगरी युवापुस्तामाझ उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय स्रोतहरू बताउँछन् ।

दिनप्रतिदिन पर्सा–१ का मतदातामा जनमत पार्टीप्रति आकर्षण बढिरहेको दाबी पार्टी कार्यकर्ताहरूले गरेका छन् । घरदैलो अभियान, युवासभा, टोलभेला तथा रात्रीसभामार्फत सर्राफले चुनावी माहोललाई आफ्नो पक्षमा लैजान सफल भएको स्थानीय बुद्धिजीवीहरूको आकलन छ । उनी निर्वाचनको प्रतिस्पर्धामा अग्रस्थानतर्फ उन्मुख भइरहेको विश्लेषणसमेत हुन थालेको छ ।

यसैक्रममा जनमत पार्टीको आयोजनामा वीरगंज महानगरपालिका–४ विर्तामा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको बताइएको छ । कार्यक्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याबारे जानकारी लिएका थिए । उनले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई आफ्नो प्रतिबद्धताको केन्द्रमा राख्ने आश्वासन दिएका छन् ।

घरदैलो अभियानका क्रममा मन्त्री कुशवाहासहित पार्टीका स्थानीय नेताहरूले संघीय संसद्मा सशक्त आवाज उठाउन सक्षम, युवा र ऊर्जावान नेतृत्वको आवश्यकता रहेको दोहोर्‍याए । उनीहरूले पर्सा–१ मा विकास, पारदर्शिता र स्थायित्वका लागि सर्राफ उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा चुनावी सरगर्मी अझ चुलिँदै गएको छ । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाता पनि आफ्ना मुद्दा र अपेक्षा स्पष्ट रूपमा राख्न थालेका छन् । यस्तो अवस्थामा सर्राफले प्रस्तुत गरेको एजेण्डा, मन्त्रीस्तरको समर्थन र सक्रिय चुनावी अभियानले पर्सा–१ को चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि