Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र २ का उम्मेदवार यादवको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८२
पर्सा क्षेत्र २ का उम्मेदवार यादवको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

वीरगंज (पर्सा), ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ की नेकपा (एमाले) उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आगामी निर्वाचनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेकी छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणसँगै पर्सा–२ को समग्र विकासमा केन्द्रित योजना अघि सारिएको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिबद्धता पत्रअनुसार यादव संसदमा सक्रिय र सचेत सांसदको भूमिका निर्वाह गर्दै नीति निर्माणमा भाग लिने लक्ष्य राखेकी छन् । उनले कानुन निर्माण प्रक्रियामा मधेसको भू–धरातल, सीमावर्ती क्षेत्रका चुनौती र पर्सावासीका आवश्यकतालाई प्रतिबिम्बित गराउने गरी बहसमा सहभागी हुने प्रतिबद्धता जनाएकी छन् । त्यस्तै, पर्सागढी गुरुयोजना र सिँचाइ योजनाजस्ता महत्वपूर्ण परियोजनाहरूलाई राष्ट्रिय प्राथमिकतामा राख्न बजेट पैरवी गर्ने तयारी समेत उनले उल्लेख गरेकी छन् ।

कृषि क्षेत्रमा किसानमैत्री नीति लागू गर्ने, मल तथा बीउको स्थायी व्यवस्थापन सुनिश्चित गर्ने र कृषि उत्पादनको भण्डारणका लागि चिस्यान केन्द्र निर्माण प्राथमिकतामा राख्ने प्रतिबद्धता पत्रमा समावेश छ । कृषि अनुदान वास्तविक किसानसम्म पुग्ने व्यवस्था, सरल तथा प्रभावकारी कृषि बीमा प्रणाली र किसानहरूको दीर्घकालीन हित सुनिश्चित गर्ने कदमसमेत उल्लेख गरिएको छ ।

स्वास्थ्य र शिक्षामा सुधारका लागि क्षेत्रभित्र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको योजना रहेको छ । महिला स्वास्थ्यको विशेष ध्यान दिँदै पाठेघर क्यान्सर परीक्षण र उपचार निःशुल्क तथा प्रभावकारी बनाउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । विद्यालय शिक्षालाई प्राविधिक र प्रयोगात्मक क्षेत्रमा केन्द्रित गर्दै विषयगत शिक्षक दरबन्दी सुनिश्चित गर्ने प्रतिवद्धता पनि उल्लेख छ ।

सांस्कृतिक र पर्यटकीय विकासतर्फ पर्सागढीको ऐतिहासिक धरोहर प्रवद्र्धन, गुरुयोजना कार्यान्वयन तथा पूर्वाधार विकास मार्फत विन्दवासिनी मन्दिरलगायत धार्मिक स्थलहरूलाई पर्यटन सर्किटमा समेट्ने योजना अघि सारिएको छ । सुशासन र जनउत्तरदायित्व सुनिश्चित गर्न ‘सांसदसँग सवाल’ कार्यक्रम सञ्चालन गरी नियमित जनसंवाद, सार्वजनिक सुनुवाइ र सरकारी सेवामा पारदर्शिता तथा गुणस्तरमा कडा निगरानी गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

उम्मेदवार यादवले मतदातालाई आफ्नो विकास, सेवा र रोजगारीमुखी एजेन्डासँग परिचित गराउँदै ‘सूर्य चिन्ह’ मा मतदान गरी उनलाई विजयी बनाउने अपील गरेकी छन् । उनका योजनाले क्षेत्रीय विकास र स्थायी सुधारमा केन्द्रित अभियानको प्रतिविम्ब दिने विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि