Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परिणाममुखी राजनीतिका पक्षमा रुपेश पाण्डे, विकास र सुशासनलाई केन्द्रमा राख्ने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
फरक शैली र स्पष्ट योजनासहित पाण्डे चुनावी मैदानमा

वीरगंज (पर्सा), ४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रुपेश कुमार पाण्डेले आफू चर्चाका लागि नभई ठोस उपलब्धि हासिल गर्ने उद्देश्यले राजनीतिमा सक्रिय भएको बताएका छन् । मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकप्रिय नाराभन्दा परिणाम दिने कामलाई प्राथमिकता दिने स्पष्ट पारे ।

आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले विकास, सुशासन र संरचनागत सुधारलाई मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाए । विशेषगरी कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले साना तथा मध्यम किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद र सिँचाइको नियमित तथा सहज व्यवस्था मिलाउने र कृषि उपजको वैज्ञानिक बजार प्रणाली विकास गर्ने योजना अघि सारे । उनका अनुसार कृषिलाई निर्वाहमुखी अवस्थाबाट बाहिर निकालेर व्यावसायिक र प्रतिस्पर्धी बनाउने नीति–आधारित पहल अपरिहार्य छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन मानव विकासको आधारका रूपमा प्रस्तुत गर्दै उनले शिक्षामा प्रविधिमैत्री र सीपकेन्द्रित कार्यक्रम विस्तार गरी गुणस्तर सुधार गर्ने तथा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै आधारभूतदेखि विशेषज्ञ सेवासम्मको पहुँच विस्तार गरिने बताए । युवालाई स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउने, महिलालाई नेतृत्व विकास र निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने तथा ज्येष्ठ नागरिकका लागि समुदाय आधारित सहयोग प्रणाली मजबुत बनाउने विषय पनि आफ्नो प्राथमिक एजेन्डामा रहेको उनले स्पष्ट गरे ।

निर्वाचित भए नियमित रूपमा जनप्रतिवेदन सार्वजनिक गर्दै पारदर्शिता र प्रत्यक्ष जवाफदेहिता कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पाण्डेले भने, “मेरो राजनीति नारा र प्रचारमा सीमित हुँदैन। दिगो संरचना निर्माण गर्दै भविष्यको भरोसा जित्नु नै मेरो उद्देश्य हो । सेवा नै राजनीति हो भन्ने मान्यतालाई व्यवहारमै उतारेर देखाउनेछु ।”

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि