Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चैनपुर टोलमा सुशील कानुको घरदैलो, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
चैनपुर टोलमा सुशील कानुको घरदैलो, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा

वीरगंज (पर्सा), ४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए । उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे ।

कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै जनताको आवश्यकता अनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए । ‘स्वास्थ्य र शिक्षा बलियो भए मात्रै समाज र राष्ट्र समृद्ध बन्छ,’ उनले भने, ‘स्थानीय तहमा प्रभावकारी सेवा पुर्‍याउन र युवालाई रोजगारीमा जोड्न विशेष कार्यक्रम ल्याइनेछन् ।’

उम्मेदवार कानुले कृषकहरूको समस्या समाधानका लागि समयमै मल उपलब्धता, सिँचाइ सुविधा विस्तार तथा उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरे । साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो । घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक भएको प्रतिक्रिया दिएका थिए । परिवर्तनमुखी एजेन्डा बोकेको रास्वपाप्रति भरोसा बढ्दै गएको उनीहरूको भनाइ थियो ।

उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको रास्वपालाई विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गर्दै जनताबाट प्राप्त सुझाव र अपेक्षालाई घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि