Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडा नं. १७ मा टेमानीको घरदैलो : डुबान, खानेपानी र स्वास्थ्य समस्यामा केन्द्रित प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
वडा नं. १७ मा टेमानीको घरदैलो : डुबान, खानेपानी र स्वास्थ्य समस्यामा केन्द्रित प्रतिबद्धता

वीरगंज (पर्सा), ४ फागुन । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानी यतिबेला विकास, समृद्धि र स्वाभिमानको मूल एजेन्डासहित चुनावी चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत टोल–टोल पुगेर स्थानीय बासिन्दासँग समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

घरदैलो कार्यक्रमका क्रममा वडा नं. १७ का बासिन्दाहरूले वर्षौंदेखि भोग्दै आएका डुबान, खानेपानी अभाव, ढल निकासको समस्या, शिक्षा तथा स्वास्थ्य सेवाको कमजोरीजस्ता विषय उठाएका थिए। विशेषगरी वर्षायाममा सामान्य पानी पर्दा पनि सडक तथा घरआँगन जलमग्न हुने समस्या यहाँका बासिन्दाका लागि मुख्य चुनौती बनेको स्थानीयले बताए। व्यवस्थित नाला तथा ढल निकास नहुँदा वर्षेनी डुबान दोहोरिने गरेको गुनासो उनीहरूले गरेका छन्।

त्यसैगरी, खानेपानीको अभाव अर्को गम्भीर समस्या रहेको जनाइएको छ। नियमित रूपमा धारामा पानी नआउने, ट्यांकरको भर पर्नुपर्ने अवस्था र शुद्ध पिउने पानीको दीर्घकालीन व्यवस्थापन नहुँदा जनजीवन प्रभावित भएको स्थानीयहरूको भनाइ थियो। स्वास्थ्य चौकीको स्तरोन्नति, औषधि अभाव तथा दक्ष जनशक्तिको कमीले सामान्य उपचारका लागि समेत टाढा धाउनुपर्ने बाध्यता रहेको उनीहरूले सुनाए।

संवादका क्रममा शिक्षा क्षेत्रका समस्या पनि उठाइए। सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव, गुणस्तरीय शिक्षण–सिकाइको कमी र पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको अभिभावकहरूले बताएका छन्। कृषि क्षेत्रमा पनि सिंचाइ सुविधा, मल–बीउको उपलब्धता र बजार व्यवस्थापनमा समस्या रहेको भन्दै राज्यको ध्यानाकर्षण गराइएको थियो।

स्थानीयहरूको गुनासो सुनेपछि उम्मेदवार टेमानीले जनताका आधारभूत समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले वडा नं. १७ लगायत समग्र क्षेत्रको दीर्घकालीन विकासका लागि योजनाबद्ध ढंगले काम गर्ने बताए। “खानेपानी, ढल निकास र सडक पूर्वाधार सुधार नगरी समृद्धिको कुरा गर्न सकिँदैन,” उनले भने, “जनताको समस्या नजिकबाट बुझेर त्यसको समाधानका लागि संसदमा सशक्त आवाज उठाउनेछु।”

टेमानीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याउने, कृषि उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक नीति निर्माणमा पहल गर्ने तथा डुबान समस्या समाधानका लागि दीर्घकालीन जलनिकास योजना अघि बढाउने प्रतिबद्धता जनाए। उनले जनताको विश्वास र साथ नै आफ्नो शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सहयोग गर्न अपिल समेत गरे।

घरदैलो अभियानमा स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत उम्मेदवारले जनतासँग भावनात्मक सम्बन्ध जोड्दै विश्वास जित्ने प्रयास गरेका थिए। वडा नं. १७ मा आयोजित उक्त कार्यक्रमले चुनावी माहोललाई थप तातेको छ भने स्थानीय समस्यालाई केन्द्रमा राखेर गरिने राजनीति नै अहिलेको आवश्यकता रहेको सन्देश दिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि