Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज–१४ मा जनमतको घरदैलो तीव्र, सर्राफद्वारा कृषि केन्द्रित विकासको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८२
वीरगंज–१४ मा जनमतको घरदैलो तीव्र, सर्राफद्वारा कृषि केन्द्रित विकासको प्रतिबद्धता

वीरगंज (पर्सा), २ फागुन । पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै जाँदा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगंज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा व्यापक घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटेर सुझाव लिने र आफ्ना एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको जनाइएको छ ।

घरदैलोका क्रममा उम्मेदवार सरार्फले तराई मधेशको मुख्य आयस्रोत कृषि भएको उल्लेख गर्दै राज्यले वर्षौंदेखि किसानमाथि विभेद गर्दै आएको आरोप लगाए । उनले किसानलाई सम्मान र अधिकार सुनिश्चित गर्न जनमत पार्टी सधैं प्रतिबद्ध रहेको दाबी गरे । ‘कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म समृद्ध मधेश सम्भव छैन,’ उनले भने, ‘उत्पादन वृद्धि, उचित बजार र प्रविधिमा पहुँच विस्तार गरेर मात्र किसानको आम्दानी बढाउन सकिन्छ, र त्यो स्पष्ट योजना जनमत पार्टीसँग छ ।’

सरार्फले वीरगंजस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आफू दृढ रहेको पनि बताए । सो कारखाना सञ्चालनमा आए किसानलाई सुलभ दरमा आधुनिक उपकरण उपलब्ध हुने र स्थानीय रोजगारी सिर्जना हुने उनको भनाई थियो ।

देश र मधेशको दीर्घकालीन निकासका लागि जनमत पार्टी र डा. सिके राउतसँग स्पष्ट र उत्कृष्ट दृष्टिकोण रहेको जिकिर गर्दै उनले मतदातालाई ‘हर्न’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘विकासको नयाँ अध्याय सुरु गर्न सही नेतृत्व चयन आवश्यक छ,’ उनले जोड दिए ।

कार्यक्रममा पार्टीका नेताहरू विद्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सीए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सिराम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनमत पार्टीले कृषक मैत्री नीति, रोजगारी सृजना र क्षेत्रीय समृद्धिलाई चुनावी एजेन्डाको केन्द्रमा राखेको सन्देश दिएको छ । पिप्रामा सम्पन्न यस कार्यक्रमले पर्सा–१ मा जनमतको चुनावी अभियानलाई थप गति दिएको नेताहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि