Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सागढीमा मनोज चौधरीको घरदैलोः ज्येष्ठ नागरिकसँग भेटघाट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
पर्सागढीमा मनोज चौधरीको घरदैलोः ज्येष्ठ नागरिकसँग भेटघाट

वीरगंज (पर्सा), २९ माघ । नेपाली कम्युनिष्ट पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले बुधबार पर्सागढी नगरपालिकाको वडा नं. १ र २ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गरेका छन् । चुनावी अभियानलाई तीव्रता दिँदै उनले विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका हुन् ।

वडा नं. १ र २ अन्तर्गत पर्ने घोडपसरा, बगवाना, पिप्रौथ, खेखरिया, झोङ्गर, छतवनटारी, कटानी र कोइलाभार लगायतका बस्तीमा पुगेका चौधरीले स्थानीय बासिन्दासँग उनीहरूको समस्या, अपेक्षा र आवश्यकताबारे जानकारी लिएका थिए । घरघर पुगेर गरिएको संवादले मतदातासँग नजिकिन सहयोग पुगेको उनको भनाइ थियो ।

कार्यक्रमकै क्रममा चौधरीले पर्सागढी-२ घोडपसरा निवासी ११५ वर्षीया ज्येष्ठ नागरिक आमा पल्टी देवीसँग भेट गरेका थिए । उक्त भेटमा वृद्धवृद्धाहरूले भोगिरहेका समस्या र आवश्यकताका विषयमा कुराकानी भएको थियो । आमा पल्टी देवीले चौधरीलाई जितको शुभकामना दिँदै सफलताको कामना व्यक्त गरेकी थिइन् ।

मतदातासँग संवाद गर्दै चौधरीले आफू चुनाव जितेर जनतालाई निराश पार्ने नेता नभएको उल्लेख गरे । नेपाली कम्युनिष्ट पार्टी देशको दशा र दिशा परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढिरहेको दाबी गर्दै उनले गरिब, किसान र श्रमिक वर्गको भविष्य सुनिश्चित गर्नु पार्टीको प्रमुख एजेन्डा रहेको बताए। परिवर्तनका लागि जनताको साथ अनिवार्य हुने भन्दै उनले सहयोग र समर्थनको अपिलसमेत गरे ।

घरदैलो तथा जनता दर्शन कार्यक्रममा पार्टीका नेता नागेन्द्र चौधरी, रामचन्द्र साह, वीरेन्द्र यादव, रामेश्वर मण्डल, मंजुर आलम, सत्यनारायण दास, अरुण रेग्मी, सोम लामा, बृजलाल पासवान, रामस्वरूप राम लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि