Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा बालेनको क्रेज : घण्टी अभिवादन अभियान, वीरगंजमा बालेनको समर्थनमा उर्लियो जनलहर !

रास्वपाले सञ्चालन गरेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ अभियान अन्तर्गत बालेन बुधबार दिउँसो वीरगंज आइपुग्दा नगरका सडक र चोकहरू समर्थक, शुभेच्छुक र सर्वसाधारणले भरिभराउ बनेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
मधेशमा बालेनको क्रेज : घण्टी अभिवादन अभियान, वीरगंजमा बालेनको समर्थनमा उर्लियो जनलहर !

वीरगंज (पर्सा), २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को स्वागत र सम्मानका लागि बुधबार वीरगंजमा अभूतपूर्व भीड देखिएको छ । रास्वपाले सञ्चालन गरेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ अभियान अन्तर्गत बालेन बुधबार दिउँसो वीरगंज आइपुग्दा नगरका सडक र चोकहरू समर्थक, शुभेच्छुक र सर्वसाधारणले भरिभराउ बनेका थिए । बालेनप्रतिको उत्साहले वीरगंजमा मानौं मानवसागर नै ओर्लिएको दृश्य देखिएको थियो ।

मधेश प्रदेश केन्द्रित अभियानको भागस्वरूप बालेनको यात्रा बिहान ८ बजे सिरहाको लालबन्दीबाट सुरु भएको थियो । त्यसपछि सर्लाहीका हरिवन, बरथवा, गरुडा हुँदै रौतहटको चन्द्रनिगाहपुर पुगेका उनी बाराको निजगढ पुगेपछि पुनः रौतहटको गौर हुँदै कलैया तर्फ फर्किएका थिए । निर्धारित रुटका अधिकांश स्थानमा बिहानैदेखि ठूलो संख्यामा स्थानीय बासिन्दा सडकछेउ उभिएर बालेनको स्वागतमा जुटेका थिए ।

बाराको कलैयाबाट वीरगंजतर्फ आएको टोली प्रतीमा चोक, नयाँ बसपार्क हुँदै वीरगंज महानगर प्रवेश गरेको थियो । त्यहाँबाट रेल्वे रोड, छपकैया, आदर्शनगर, माइस्थान हुँदै घण्टाघर चोकसम्म पुग्दा बाटोभरि जनलहर देखिन्थ्यो । सडक, गल्ली र चोकहरूमा उर्लिएको भीडका कारण केही समय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यक्रमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जनाएको थियो ।

वीरगंजका विभिन्न स्थानमा पुगेका बालेनलाई स्वागत गर्न पर्साका ग्रामीण भेगबाट समेत पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिक आएका थिए । ‘अबकी बार बालेन सरकार’, ‘चुपचाप घण्टी छाप’ जस्ता नाराले वातावरण गुन्जायमान बनेको थियो । हात हल्लाउँदै अभिवादन स्वीकार गर्दै अघि बढेका बालेनसँग स्थानीय मतदाता र नागरिकले छोटो संवाद पनि गरेका थिए । रास्वपाको अभियान समितिका अनुसार यो यात्रा जनसम्पर्क सुदृढ बनाउने उद्देश्यले तय गरिएको हो ।

बालेनको रोड शोले वीरगंजमा विशेष उत्साह थपेको देखिन्थ्यो । घरका छत, पसलका आँगन र सडक किनारमा उभिएका मानिसहरूले मोबाइलमा दृश्य कैद गर्दै स्वागत गरेका थिए । कतिपय स्थानमा स्थानीय युवाले फूलमाला र नारासहित टोलीलाई अभिवादन गरेका थिए । भीडको व्यवस्थापनका लागि स्वयंसेवकहरू पनि सक्रिय देखिएका थिए । कार्यक्रम सकिएपछि बालेनसहितको अभियान टोली बाराको जितपुरतर्फ प्रस्थान गरेको र समय मिलेमा पर्साको ठोरीसम्म पुग्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।

मधेश प्रदेशका विभिन्न सहर र बजार हुँदै अघि बढेको यो यात्रा वीरगंज आइपुग्दा उल्लेखनीय जनउपस्थिति र उत्साहका कारण विशेष चर्चा बटुलेको छ । बालेन शाहप्रतिको आकर्षण र समर्थनले वीरगंजमा बुधबार असाधारण माहोल सिर्जना गर्‍यो । सडकदेखि चोकसम्म देखिएको जनलहरले यो अभियानप्रति स्थानीय जनताको चासो र सहभागिता स्पष्ट झल्काएको छ ।

Tags: मधेश केन्द्रित अभियानमा बालेनलाई वीरगंजको बलियो साथ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि