Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घरदैलोबाट नीति निर्माणसम्मः पर्सा-२ का समस्या समाधानको प्रतिबद्धतासहित मैदानमा टेमानी !

ग्रामीण तथा अर्धशहरी क्षेत्रका पर्सागढी र बहुदरमाईतर्फ हेर्दा समस्या फरक तर गम्भीर छन् । कृषि नै मुख्य पेशा भएपनि आधुनिक सिंचाइ, कृषि प्रविधि र बजार पहुँचको अभावका कारण किसानहरू अपेक्षित आम्दानी गर्न सकिरहेका छैनन् । स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्ति अभाव छ भने विद्यालयहरूमा भौतिक संरचना, शिक्षक र गुणस्तरीय शिक्षाको समस्या देखिन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २६, २०८२
घरदैलोबाट नीति निर्माणसम्मः पर्सा-२ का समस्या समाधानको प्रतिबद्धतासहित मैदानमा टेमानी !

वीरगंज (पर्सा), २६ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल उम्मेदवार र दलबीचको प्रतिस्पर्धामा सीमित छैन, बरु वर्षौँदेखि थाती परेका जनजीवनसँग जोडिएका समस्याको समाधान खोज्ने बहसको केन्द्र बनेको छ । यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानी जनताको घरदैलोमा पुगेर स्थानीय समस्या नजिकबाट बुझ्ने र निर्वाचित भएपछि नीतिगत तहबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

टेमानीले घरदैलो अभियानलाई थप सशक्त बनाउँदै सोमबार विहान वीरगंज महानगरपालिका वडा नं. १७ स्थित कोनिया टोल स्थित मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका हुन् । मधेश प्रदेशका पूर्वमन्त्री एवं जसपाका नेता रमेश कुर्मी, सशिकपुर मियाँ, करिमा वेगम लगायतका जसपाका नेता कार्यकर्ताहरुको सहभागितामा आयोजित घरदैलो अभियान वडा नं. १७ स्थितका विभिन्न टोलटोलका मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको थियो । प्रत्यक्ष संवादको क्रममा उम्मेदवार टेमानीले त्यहाँका समस्याबारे विस्तृत रुपमा जानकारी लिएका थिए ।

पर्सा–२ अन्तर्गत वीरगंज महानगरपालिकाका १३ वटा वडा, पारसगढी नगरपालिकाका सबै वडा र बहुदरमाई नगरपालिकाका केही वडाहरू समेटिन्छन् । यी क्षेत्रहरूमा शहरी, अर्धशहरी र ग्रामीण बस्तीको मिश्रित अवस्था रहेको छ । तर विकासको गति भने समान छैन । वीरगंजका धेरै टोलमा खानेपानीको समस्या दीर्घकालीन रूपमा देखिएको छ भने ढल व्यवस्थापन, सरसफाइ र स्वास्थ्य जोखिम जनजीवनको मुख्य चुनौती बनेको छ । पानीजन्य रोगको जोखिम, अनियन्त्रित फोहोर व्यवस्थापन र जनसंख्याको चापले शहरी क्षेत्र थप असुरक्षित बन्दै गएको छ ।

ग्रामीण तथा अर्धशहरी क्षेत्रका पर्सागढी र बहुदरमाईतर्फ हेर्दा समस्या फरक तर गम्भीर छन् । कृषि नै मुख्य पेशा भएपनि आधुनिक सिंचाइ, कृषि प्रविधि र बजार पहुँचको अभावका कारण किसानहरू अपेक्षित आम्दानी गर्न सकिरहेका छैनन् । स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्ति अभाव छ भने विद्यालयहरूमा भौतिक संरचना, शिक्षक र गुणस्तरीय शिक्षाको समस्या देखिन्छ । वर्षायाममा सडक हिलाम्मे हुने, यातायात अवरुद्ध हुने र सेवा केन्द्रसम्म पुग्न कठिनाइ हुनु यहाँको यथार्थ हो ।

यिनै समस्यालाई केन्द्रमा राख्दै उम्मेदवार अशोक टेमानी घरदैलो अभियानमा सक्रिय छन् । उनी जनतासँग प्रत्यक्ष संवाद गर्दै ‘समस्या कागजमा होइन, जीवनमा देखिनुपर्छ’ भन्ने धारणा राख्दै आएका छन् । स्थानीयवासीका गुनासा सुन्ने, तथ्य संकलन गर्ने र समाधानको सम्भावित बाटोबारे छलफल गर्ने उनको शैलीले जनतामा आशा जगाएको देखिन्छ ।

टेमानीले निर्वाचित भएपछि खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिक एजेण्डा बनाउने बताएका छन् । संघीय संसदमा पुगेर मधेश र पर्साका वास्तविक समस्यालाई राष्ट्रिय नीतिसँग जोड्ने, बजेट र योजना वितरणमा न्याय सुनिश्चित गर्ने र स्थानीय तहसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्ने उनको प्रतिबद्धता छ । ‘घरदैलो अभियान केवल भोट माग्ने कार्यक्रम होइन, नीति निर्माणको आधार हो,’ टेमानी भन्छन्, ‘जनताले भोगिरहेका समस्या संसदमा पुर्‍याउनु नै मेरो मुख्य जिम्मेवारी हुनेछ ।’

पर्सा–२ का मतदाताका लागि यसपटकको निर्वाचन परिवर्तनको अवसरका रूपमा हेरिएको छ । समस्या बुझ्ने, सुन्ने र समाधानका लागि राजनीतिक इच्छाशक्ति देखाउने नेतृत्वको खोजीमा जनता छन् । यही विश्वासका साथ अशोक टेमानी घर–घर पुगिरहेका छन्, र यही विश्वासले पर्सा–२ को राजनीतिक बहसलाई नयाँ दिशा दिइरहेको छ ।

Tags: खानेपानीदेखि रोजगारीसम्मका मुद्दा घरदैलोमा उठाउँदै टेमानी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि