Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ पुस्ताको आवाज : कक्षाकोठाबाट संसदतर्फ, राजनीतिमा जिम्मेवारी खोज्दै रिमा कुमारी यादव !

रिमा कुमारी यादव विगतको राजनीतिप्रति आलोचनात्मक दृष्टि राख्छिन् । धेरै नेताहरूले चुनावी समयमा आश्वासन बाँड्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतामा निराशा बढाएको छ । ‘गर्न नसक्ने कामको वाचा गर्नु गलत हो,’ उनी भन्छिन्, ‘बोलेपछि गरेर देखाउनुपर्छ, नत्र राजनीतिमा बस्ने नैतिक अधिकार रहँदैन ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २४, २०८२
नयाँ पुस्ताको आवाज : कक्षाकोठाबाट संसदतर्फ, राजनीतिमा जिम्मेवारी खोज्दै रिमा कुमारी यादव !

वीरगंज (पर्सा), २४ माघ । राजनीति सधैं सत्ता, पद र पहुँचको वरिपरि मात्र घुम्ने विषय होइन । यो समाज बुझ्ने, समस्या चिन्न सक्ने र समाधानतर्फ इमानदार प्रयत्न गर्ने माध्यम पनि हो । यही बुझाइका साथ पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी रिमा कुमारी यादव आज जनताको बीचमा उभिएकी छन् । २९ वर्षीया यादव पुस्तान्तरण हुँदै गएको नेपाली राजनीतिमा नयाँ सोच, फरक दृष्टिकोण र जिम्मेवार नेतृत्वको सम्भावनाको प्रतिनिधि बनेर उदाएकी छन् ।

रिमा कुमारी यादव कुनै ठूला राजनीतिक परिवारबाट आएकी होइनन् । न त उनको बाल्यकालको सपना नै राजनीति थियो । साधारण परिवारमा हुर्किएकी उनले समाजलाई नजिकबाट बुझ्ने क्रममा राजनीतिलाई समस्याको समाधान खोज्ने एउटा प्रभावकारी माध्यमका रूपमा देख्न थालिन्। बुबा विश्वनाथ राउत अहिर र आमा सिकीली देवीका छ सन्तानमध्ये दोस्रो सन्तानका रूपमा जन्मिएकी यादवले सानैदेखि अनुशासन, मेहनत र शिक्षालाई जीवनको आधार बनाइन् ।

उनको शैक्षिक यात्रा काठमाडौंको हाँडेगाउँस्थित एकता सदन बोर्डिङ स्कुलबाट सुरु भयो । एसएलसी कलैयाको ज्ञानदीप सेकेण्डरी स्कुलबाट उत्तीर्ण गरेपछि उनले प्लस टु र स्नातक तहसम्मको अध्ययन हरिखेतान बहुमुखी क्याम्पसबाट पूरा गरिन् । शिक्षा केवल डिग्रीका लागि होइन, समाज बुझ्ने औजार हो भन्ने मान्यतासहित उनले पढाइसँगै सामाजिक यथार्थलाई पनि आत्मसात गर्दै गइन् ।

शिक्षा हासिल गरेपछि रिमा कुमारी यादव गाउँकै विद्यालयमा अध्यापन पेशामा संलग्न भइन् । शिक्षकका रूपमा काम गर्दा उनले कक्षाकोठाभित्र मात्र होइन, कक्षाकोठाबाहिरको यथार्थ पनि नजिकबाट देखिन् । विद्यालयको कमजोर भौतिक अवस्था, नीतिगत अस्पष्टता, सीमित स्रोतसाधन र अभावकै कारण पढाइ छोड्न बाध्य विद्यार्थीहरूको पीडा उनको दैनिक अनुभव बन्यो । यही अनुभवले उनलाई एउटा निष्कर्षमा पुर्‍यायो शिक्षा सुधार भाषण र नारामा सीमित हुँदा हुँदैन, त्यसका लागि नीतिगत इच्छाशक्ति र प्रभावकारी नेतृत्व आवश्यक हुन्छ ।

सन् २०१८ मा अधिवक्ता प्रधुमन प्रसाद यादवसँग विवाह गरेकी उनी आज एक छोरा र एक छोरीकी आमा हुन् । पारिवारिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकी यादवले महिला सशक्तीकरण, शिक्षा र कृषि क्षेत्रका सवालमा निरन्तर चासो राख्दै आएकी छन् । उनी भन्छिन्, ‘महिला घरभित्र मात्र सीमित हुनु पर्ने सोच अझै बलियो छ । निर्णय प्रक्रियामा महिलाको भूमिका कमजोर बनाइन्छ, तर घर परिवारदेखि समाजसम्म सबैभन्दा बढी जिम्मेवारी महिलाकै काँधमा हुन्छ ।’

गाउँ समाजमा उनले देखेका यथार्थ सरल छैनन् । आर्थिक अभावका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ अधुरै छोड्नुपर्ने बाध्यता छ । महिलाहरू अझै पनि साना साना निर्णयका लागि पुरुषमा निर्भर हुनुपर्ने अवस्था विद्यमान छ । किसानहरू मेहनत गर्छन्, तर उत्पादनको उचित मूल्य पाउँदैनन् । यी सबै समस्या व्यक्तिको मात्र होइन, राज्यको नीति र नेतृत्वसँग गाँसिएका विषय भएको यादवको ठम्याइ छ ।

यही अनुभूति र जिम्मेवारीबोधले उनलाई राजनीतितर्फ डोर्‍यायो । संसदसम्म जनताको आवाज पुर्‍याउने, नीति निर्माणमा प्रत्यक्ष सहभागी हुने र अनुभवले देखाएका समस्याको समाधान खोज्ने अठोटसहित उनी राजनीतिमा प्रवेश गरेकी हुन् । राजनीतिमा नयाँ अनुहार भएकै कारण पारिवारिक राजनीतिक पृष्ठभूमि नरहेको प्रश्न उठ्ने गरेको उनी स्वीकार गर्छिन् । तर यसलाई कमजोरी होइन, बलको रूपमा लिन्छिन् ।

उनको भनाइ छ, ‘राजनीति कसैले जन्मिँदै जानेको हुँदैन । समाज देख्दै, सुन्दै, पढ्दै र अनुभव गर्दै सिकिन्छ । मसँग सत्ता र शक्ति छैन, तर समाज बुझ्ने अनुभव छ ।’ जनतासँग प्रत्यक्ष भेटघाट गर्दा उनले सुन्ने समस्या र गुनासोले समाजको वास्तविक अवस्था झन् स्पष्ट हुँदै गएको उनी बताउँछिन् ।

रिमा कुमारी यादव विगतको राजनीतिप्रति आलोचनात्मक दृष्टि राख्छिन् । धेरै नेताहरूले चुनावी समयमा आश्वासन बाँड्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतामा निराशा बढाएको उनको भनाइ छ । ‘गर्न नसक्ने कामको वाचा गर्नु गलत हो,’ उनी स्पष्ट भन्छिन्, ‘बोलेपछि गरेर देखाउनुपर्छ, नत्र राजनीतिमा बस्ने नैतिक अधिकार रहँदैन ।’

उनको राजनीतिक दृष्टिकोण ठूलो ठूलो सपना बाँड्नेभन्दा पनि साना तर व्यवहारिक समाधानमा केन्द्रित छ । विद्यालयमा गुणस्तरीय शिक्षा, महिलाको आर्थिक आत्मनिर्भरता, कृषकको उत्पादनलाई बजारसँग जोड्ने नीति र स्थानीय समस्याको समाधानमा संघीय सरकारको प्रभावकारी भूमिका यी नै उनका प्राथमिक एजेन्डा हुन् ।

आज रिमा कुमारी यादव पर्सा–२ का मतदातामाझ नयाँ विकल्पका रूपमा अघि बढिरहेकी छन् । उनी आफूलाई नेता होइन, जनताको प्रतिनिधि मान्छिन् जो जनताको कुरा सुन्छ, बुझ्छ र संसदमा बोल्छ । उनको उम्मेदवारी केवल एक व्यक्तिको राजनीतिक यात्रा होइन, यो नयाँ पुस्ताले जिम्मेवारीसाथ राजनीतिमा प्रवेश गर्न सक्छ भन्ने सन्देश पनि हो ।

आगामी निर्वाचन केवल जित हारको प्रतिस्पर्धा मात्र होइन, भविष्यको दिशानिर्देश तय गर्ने अवसर पनि हो । यस्तै समयमा शिक्षित, अनुभवी र समाजको पीडाबाट जन्मिएको नेतृत्वको आवश्यकता झन् बढेको छ । रिमा कुमारी यादवको उम्मेदवारी यही आवश्यकताको एउटा उत्तर बनेर पर्सा–२ मा प्रस्तुत भएको छ ।

मतदाता सचेत छन्, विकल्प खोजिरहेका छन् । राजनीति पेशा होइन, सेवा हुनुपर्छ भन्ने सोच बलियो बन्दै गएको छ । यही चेतनाको बीचमा रिमा कुमारी यादवको यात्रा एउटा सन्देश बोकेर अघि बढिरहेको छ राजनीतिमा परिवर्तन सम्भव छ, यदि नेतृत्व समाजबाट जन्मिएको हो भने ।

Tags: समस्या देखेकी शिक्षिका समाधान खोज्दै सांसद यात्रामा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि