Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोजगारीको नाममा भोट माग्दै, आफ्नै उद्योगमा बेरोजगारी बढाउँदै ? रुङ्गटाको दोहोरो चरित्र उजागर

रोजगारीको नारा कि चुनावी भ्रम ? रुङ्गटाले युवाहरुको रोजगारीलाई मुख्य एजेण्डा बनाएका छन् तर उनको सार्वजनिक अभिव्यक्ति र उद्योग सञ्चालनको व्यवहारबीच गम्भीर अन्तर रहेको आरोप सार्वजनिक बहसको विषय बन्न थालेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २२, २०८२
रोजगारीको नाममा भोट माग्दै, आफ्नै उद्योगमा बेरोजगारी बढाउँदै ? रुङ्गटाको दोहोरो चरित्र उजागर

वीरगंज (पर्सा), २२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाले चुनावी सभाहरूमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आफ्‌नो तर्फ भोट तान्नको लागि रुङ्गटाले युवाहरुको रोजगारीलाई मुख्य एजेण्डा बनाएका छन् तर उनको सार्वजनिक अभिव्यक्ति र उद्योग सञ्चालनको व्यवहारबीच गम्भीर अन्तर रहेको आरोप सार्वजनिक बहसको विषय बन्न थालेको छ ।

निर्वाचनको माहोल तातेका बेला अधिकांश उम्मेदवारले रोजगारीलाई मुख्य एजेण्डा बनाइरहेका छन् । रुङ्गटाले पनि युवालाई विदेश पलायनबाट रोक्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर उनीसँग सम्बन्धित उद्योगहरूमा नेपालीभन्दा विदेशी कामदारको संलग्नता बढी रहेको दाबी बाहिरिएपछि उनको प्रतिबद्धतामाथि नै प्रश्न उठ्न थालेको छ ।

नेपालको अर्थतन्त्रमा रुङ्गटाको योगदान उल्लेखनीय छ । उनी आफै ठूलठूला उद्योगका मालिक छन् । उनी चाह्यो भने हजारौं युवाहरुलाई अहिलेका अहिले रोजगारी दिन सक्छन् तर उनी साहु रहेको उद्योगमा दशकौंदेखि विदेशी कामदारहरुको रजगज छ । उनी नेपाली कामदारलाई प्राथमिकता दिएकै छैनन् । यो भन्दा अघिको निर्वाचनमा पनि उनी उम्मेदवार भएका थिए र त्यही युवाहरुको रोजगारीलाई मुख्य एजेण्डा बनाएका थिए तर निर्वाचनमा पराजित भएपछि एकजना पनि नेपाली युवालाई आफ्‌नो उद्योगमा रोजगारी दिएनन् ।

फेरी निर्वाचन आएसँगै उनी त्यही एजेण्डालाई अघि सार्दै भोट माग्न व्यस्त छन् । यस अवस्थाबाट पनि रुङ्गटाको चलाखी प्रष्ट देखिन्छ । ‘मत नेपाली युवासँग, रोजगारी भने विदेशीलाई’ । यो नीतिलाई रुङ्गटाले दशकौंदेखि अपनाउँदै आएका छन् । श्रम क्षेत्रसँग सम्बन्धित श्रोतहरूका अनुसार रुङ्गटाको स्वामित्वमा सञ्चालित माँ दुर्गा फुड उद्योग र जग शक्ति स्टिल उद्योगमा कार्यरत अधिकांश मजदुर भारतीय नागरिक रहेको बताइन्छ । यदि यी दाबीहरू सत्य हुन् भने, यसले केवल व्यक्तिगत उद्योग व्यवस्थापनको विषय मात्र नभई उम्मेदवारको राजनीतिक नैतिकतामाथि पनि प्रश्न उठाउने विश्लेषकहरू बताउँछन् ।

स्थानीय युवाहरूले भने उद्योगमा काम खोज्दा अवसर नपाएको गुनासो गर्दै आएका छन् । उनीहरूका अनुसार नेपाली कामदारलाई अस्थायी र न्यून पारिश्रमिकमा सीमित राख्ने प्रवृत्ति देखिन्छ भने विदेशी कामदारलाई प्राथमिकता दिइएको आरोप छ । विश्लेषकहरूका अनुसार औद्योगिक क्षेत्रमा विदेशी कामदार प्रयोग गर्नु अवैधानिक नभएपनि स्थानीय जनशक्ति उपलब्ध हुँदाहुँदै उनीहरूलाई अवसर नदिनु सामाजिक र नैतिक प्रश्न बन्न सक्छ । विशेष गरी चुनाव लडिरहेका व्यक्तिका लागि यस्तो विषय अझ संवेदनशील बन्ने देखिन्छ ।

नेपालको श्रम बजार लामो समयदेखि वैदेशिक रोजगारीमा निर्भर रहँदै आएको छ । लाखौँ युवा खाडी मुलुक, मलेसिया तथा भारततर्फ रोजगारी खोज्दै जान बाध्य भइरहेका छन् । यस्तो अवस्थामा स्थानीय उद्योगहरूले रोजगारी सिर्जनामा अग्रसर भूमिका खेल्नुपर्ने अपेक्षा जनतामा छ । तर यदि राजनीति नेतृत्वकै स्वामित्वमा रहेका उद्योगहरूले स्थानीय श्रमिकलाई प्राथमिकता नदिएको आरोप लाग्छ भने, त्यसले राष्ट्रवाद र आर्थिक नीतिको विश्वसनीयतामाथि असर पार्ने देखिन्छ ।
राजनीतिमा घोषणापत्र र भाषणभन्दा व्यवहार र कार्यसम्पादनलाई महत्वपूर्ण आधार मानिन्छ । रुंगटामाथि लागेको आरोपले मतदातामा विश्वासको संकट उत्पन्न गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । मतदाताहरू अहिले केवल चुनावी नाराभन्दा उम्मेदवारको विगतको कार्यशैली र व्यवहारलाई मूल्यांकन गर्ने दिशामा केन्द्रित हुन थालेका छन् । रोजगारी जस्तो संवेदनशील विषयमा दोहोरो सन्देश जाने अवस्था सिर्जना भएमा त्यसले निर्वाचन परिणाममै प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

विशेषज्ञहरूका अनुसार यस्ता आरोपहरू सार्वजनिक भएपछि सम्बन्धित पक्षले स्पष्ट धारणा र तथ्यसहित जवाफ दिनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो । उद्योग सञ्चालन नीति, श्रमिक छनोट प्रक्रिया तथा स्थानीय रोजगारीको अवस्थाबारे पारदर्शिता कायम गर्न सके मात्रै विवाद न्यून हुन सक्ने देखिन्छ । पर्सा–१ मा अहिले रोजगारीको मुद्दा चुनावी एजेण्डामात्र नभई उम्मेदवारको विश्वसनीयता परीक्षण गर्ने प्रमुख आधार बन्न थालेको छ । मतदाताले अब भाषण र व्यवहारबीचको दूरी कति छ भन्ने आधारमा निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

Tags: भोट चाहियो नेपाली युवासँगः उद्योगमा विदेशी मजदुरको रजगज !
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि