Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वतन्त्रता, स्वाभिमान र लोकतन्त्र अपहरणमुक्त गराउन नेकपा एमोलेको जीत आवश्यक : ‘बादल’

निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई लोकतन्त्रको पक्ष र विपक्षबीचको निर्णायक संघर्षका रूपमा व्याख्या गर्दै एमालेले जसरी पनि जित हासिल गर्नुपर्ने रामबहादुर थापा ‘बादल’ को भनाई ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २०, २०८२
स्वतन्त्रता, स्वाभिमान र लोकतन्त्र अपहरणमुक्त गराउन नेकपा एमोलेको जीत आवश्यक : ‘बादल’

वीरगंज (पर्सा), २० माघ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते हुने निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई लोकतन्त्रको पक्ष र विपक्षबीचको निर्णायक संघर्षका रूपमा व्याख्या गर्दै एमालेले जसरी पनि जित हासिल गर्नुपर्ने बताएका छन् । वीरगंज नगर सभागृहमा आयोजित एमाले पर्साको जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बादलले राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र लोकतन्त्र अपहरणमा परेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि एमालेको विजय अनिवार्य रहेको बताए ।

थापा एमाले केन्द्रीय चुनाव प्रचार–प्रसार समितिका संयोजक समेत हुन् । उनले विगतका निर्वाचनहरू लोकतन्त्रवादी शक्तिहरूबीचको प्रतिस्पर्धा जस्तै देखिएपनि अहिलेको अवस्था फरक रहेको बताए । उनका अनुसार अबको चुनाव लोकतन्त्रको संरक्षण र पुनर्स्थापनासँग प्रत्यक्ष जोडिएको छ । त्यसैले कार्यकर्ताहरूलाई एकताबद्ध भई चुनावी अभियानमा जुट्न उनले आह्वान गरे ।

एमाले पर्साका अध्यक्ष डा. विश्वाम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा क्षेत्र नम्बर-१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर-२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर-३ का उम्मेदवार रुपेश पाण्डे, क्षेत्र नम्बर-४ का उम्मेदवार जालिम मिया, केन्द्रीय सदस्य निर्मला देवकोटा, विजय सरावागी, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, उपाध्यक्ष विचारी यादव लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

यसैबीच, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र बहादुरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली मंगलबारदेखि औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन् । उनीहरू आफ्ना समर्थक नेता कार्यकर्ताको ठूलो समूहसहित भेलामा सहभागी भई एमालेमा आबद्ध भएका हुन् । नवप्रवेशीहरूलाई उपाध्यक्ष थापाले पार्टीमा स्वागत तथा सम्मान गरेका थिए ।

यी दुवै मेयर एमाले पर्सा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव निकट मानिन्छन् । उनीहरू यसअघि देखि नै यादवको चुनावी अभियानमा सक्रिय रहेको बताइएको छ । यसअघि जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी गठन हुँदा समेत मेयरद्वयले यादवलाई साथ दिएका थिए । समाचार स्रोतका अनुसार आगामी स्थानीय तह निर्वाचनमा उनीहरूलाई पालिकाबाट टिकट दिने आश्वासन समेत प्राप्त भएको जनाइएको छ । उल्लेखनीय रूपमा, पूर्वमन्त्री प्रदीप यादवले यही माघ ५ गते जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए, जसको प्रभाव स्थानीय राजनीतिक समीकरणमा देखिन थालेको छ ।

कार्यक्रममा वक्ताहरूले एमाले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र निर्वाचनमा विजय सुनिश्चित गर्न कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । भेलाले पर्सा जिल्लामा एमालेको चुनावी तयारीलाई थप सुदृढ बनाएको नेताहरूको दाबी छ ।

जनताको सुख दुःखमा साथ दिनेलाई मत दिन यादवको आग्रह
पर्सा क्षेत्र नम्बर-१ का नेकपा एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले मतदातालाई जनताको सुखदुःखमा निरन्तर साथ दिने नेतृत्वलाई मात्र मत दिन आग्रह गरेका छन् । मंगलबार वीरगंजमा आयोजित एमाले शुभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनावका बेला मात्रै देखिने र सामान्य अवस्थामा जनताबाट टाढा रहने नेताहरू पुनः मैदानमा उत्रिएको टिप्पणी गरे ।

यादवका अनुसार यस्ता प्रवृत्तिबाट मतदाता सचेत रहन आवश्यक छ । ‘जनताको हरेक आपत–विपत, सुख–दुःखमा सधैं उपस्थित रहने उम्मेदवारलाई भोट दिएर जिताउनुस्,’ उनले आह्वान गरे । उनले यसपटक पर्साका चारै निर्वाचन क्षेत्रमा जनसेवामा सक्रिय उम्मेदवारहरूलाई एमालेले अघि सारेको दाबी गर्दै चारै क्षेत्रमा उल्लेखनीय बहुमतका साथ विजय हासिल हुने विश्वास व्यक्त गरे ।

खानेपानी मन्त्री रहँदा पर्साका विभिन्न पालिकामा पानीको चरम अभाव भएको समयमा आफू प्रत्यक्ष रूपमा घर–घर पुगेर सेवा गरेको अनुभव उनले स्मरण गराए । त्यस समयमा अहिले उम्मेदवार बनेका धेरै नेता जनताको दैलोमा नदेखिएको उनको दाबी थियो ।

‘वीरगंजसहित पर्साका पालिकामा पानीको हाहाकार हुँदा म मन्त्रीको हैसियतमा जनताको घरमै पुगेँ र पानी खुवाएँ,’ उनले भने, ‘त्यसैले फागुन २१ गतेको मतदानमा जनताले दुःख र संकटमा साथ दिने नेतालाई नै रोज्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’ यादवले आगामी निर्वाचनमा एमालेको विजयले संविधानको रक्षा र देशको स्थायित्व सुदृढ हुने दाबीसमेत गरे ।

चारै क्षेत्रमा नेकपा एमालेको जीत सुनिश्चित : पाण्डे
नेकपा एमाले पर्सा क्षेत्र नम्बर-३ का उम्मेदवार रुपेश पाण्डेले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा एमालेको विजय सुनिश्चित हुने दाबी गरेका छन् । मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेता कार्यकर्ताहरू एकजुट भएर खटिए सहज रूपमा चारै क्षेत्रमा जीत निकाल्न सकिने बताए ।

पाण्डेले वर्तमान राजनीतिक परिस्थितिमा एमालेमाथि विभिन्न दिशाबाट आक्रमण भइरहेको उल्लेख गर्दै पार्टीभित्र रहेका कमजोरी, असमझदारी र मनमुटाव त्यागेर साझा लक्ष्यका साथ अघि बढ्न आग्रह गरे । उनले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभरका नेता–कार्यकर्ताले सक्रियता बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार विगतका कारणले निष्क्रिय बनेका नेता तथा कार्यकर्ताहरू पनि पुनः पार्टीमा फर्किएर सक्रिय भूमिकामा आउन आवश्यक छ । ‘एमाले सुदृढ बनाउन सबैको योगदान अपरिहार्य छ,’ उनले भने । एमाले पर्साका अध्यक्ष विश्वाम्भर शर्माको अध्यक्षता तथा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नम्बर-१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर-२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर-४ का उम्मेदवार जालिम मियाँसहित जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Tags: निर्वाचन लोकतन्त्रको पक्ष र विपक्षबीचको निर्णायक संघर्ष
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि